२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १एकै ठाउँमा सबै सेवा पाएपछि बिरामी हर्षित, ५ सय ८९ जनाको निःशुल्क उपचार

एकै ठाउँमा सबै सेवा पाएपछि बिरामी हर्षित, ५ सय ८९ जनाको निःशुल्क उपचार


विराटनगर-अरूबेला यात्रुहरूको खचाखच हुने विराटनगर बसपार्कमा आइतबार विहान छुट्टै माहोल थियो । बसपार्क भित्र लामबद्ध भएर कोही काउन्टरमा नाम टिपाउँदैं थिए भने कोही नाम टिपाएपछि चिकित्सकलाई आफ्नो समस्या सुनाउन व्यस्त देखिन्थे ।

एकै ठाउँमा स्वास्थ्यसँग सम्बन्धित सम्पूर्ण स्वास्थ्य उपचार सेवा जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङ, नेपाल यातायत व्यवसायी महासंघको आयोजना तथा नोबेल मेडिकल कलेज र नेपाल औषधी व्यवसायी संघ मोरङले समन्वयमा भएको निःशुल्क स्वास्थ्य शिविरमा उपचार गर्ने बिरामी हर्षित देखिए । शिविरमा आउने बिरामीको विभिन्न रोगका एक दर्जन विशेषज्ञ चिकित्सकहरू एकै ठाउँमा भेला भएर बिरामीको उपचार गरेका थिए ।

६६ औं प्रहरी दिवसको अवसर पारेर आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरमा स्त्री तथा प्रसुती रोग, बालरोग, हाडजोर्नी, छाला रोग, नाक, कान, घाँटी, दन्त रोग, आँखा, छाला, मानसिक रोग, मुटुरोग विशेषज्ञ चिकित्सकहरू उपस्थित भएर बिरामीको उपचार गरेका थिए । शिविरमा अस्थायी ल्याब पनि खडा गरिएको थियो ।

बिरामीको स्वास्थ्य परीक्षण गरेपछि चिकित्सकले लेखाइदिएको औषधी पनि शिविरमा निःशुल्क वितरण गरिएको थियो । चिकित्सकले लेखाइदिएको सम्पूर्ण औषधी बिरामीलाई निःशुल्क नेपाल औषधी व्यवसायी संघ मोरङले वितरण गरेको थियो ।

प्रहरी दिवसको अवसर पारेर एउटै छानामुनी सम्पूर्ण उपचार सेवा प्रदान गर्ने उद्देश्यले स्वास्थ्य शिविर आयोजना गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख ट्राफिक प्रहरी निरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए । शिविरमा ५ सय ८९ जनाले निःशुल्क स्वास्थ्य उपचार र औषधी लिएको मोरङ ट्राफिक प्रहरीका सई शिव शर्मा धिमालले जानकारी दिए । शिविरिमा २ हजार थान माक्स पनि निःशुल्क वितरण गरिएको उनले बताए । शिविरमा विभिन्न सामाजिक संघसंस्थाहरूले पनि सहकार्य गरेको थियो ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ