२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १बाल दिवसमा न्यूरोले दियो छुटैछुट, हप्ताभरी विविध कार्यक्रम

बाल दिवसमा न्यूरोले दियो छुटैछुट, हप्ताभरी विविध कार्यक्रम


विराटनगर–अन्तर्राष्ट्रिय बाल दिवसको अवसर पारेर विराटनगरस्थित न्युरो हस्पिटलले विविध कार्यक्रम सुरू गरेको छ । अस्पतालले हप्ताभरी विभिन्न कार्यक्रम गरी बाल दिवस मनाएको छ ।

अस्पतालले सोमबार स्कुलमा अध्ययनरत विद्यार्थीहरुको निःशुल्क स्वास्थ्य परीक्षण गरेको थियो । विराटनगरस्थित लर्डबुद्ध स्कुलमा अध्ययनरत विद्यार्थीहरुको निःशुल्क स्वास्थ्य परीक्षण गर्नुको साथै औषधी पनि वितरण गरेको थियो । स्कुलमा अध्ययनरत साना बालवालिकाहरुको स्वास्थ्य परीक्षण न्यूरो अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ डा. सुरेशप्रसाद साह र दन्तरोग विशेषज्ञ डा. अमितप्रताप साहले बिरामीको स्वास्थ्य परीक्षण गरेका थिए ।

यस्तै, विराटनगर १६ दरैया बस्तीमा पनि मंगलबार निःशुल्क स्वास्थ्य शिविर आयोजना गरियो । उक्त शिविरमा एक सय बढीकोे निःशुल्क स्वास्थ्य परीक्षण गरिएको थियो । स्वास्थ्य परीक्षण गरिएको बालवालिकाहरुलाई लाग्ने औषधी पनि निःशुल्क वितरण गरेको अस्पतालले जनाएको छ । उतm शिविर आभा फाउन्डेसनको सहकार्यमा भएको थियो ।

यसैगरी, अस्पतालले हप्ताभरी बालबालिकाहरुको निःशुल्क ओपिडी राखेको छ । ओपिडीमा आएका विरामीको स्वास्थ्य परीक्षण गरेपछि ल्याब तथा अन्य सम्पूर्ण जाँचमा ५० प्रतिशत छुट दिएको अस्पतालका कार्यकारी निर्देशक अनिशा विष्टले जानकारी दिइन् ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ