२०८१ जेठ ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १‘ओमिक्रोन’ नियन्त्रणका लागि प्रदेश सरकारको तयारी राम्रो छ : मन्त्री यादव

‘ओमिक्रोन’ नियन्त्रणका लागि प्रदेश सरकारको तयारी राम्रो छ : मन्त्री यादव


विराटनगर– प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादवले कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को विरुद्ध तयारी भइरहेको बताएका छन् । कोभिड–१९ को संक्रमण नियन्त्रणका लागि विगतमा भएका तयारीभन्दा राम्रो भइरहेको उनले बताए ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले बुधबार विराटनगरमा आयोजना गरेको शिक्षा, स्वास्थ्य, खाद्य तथा आवास अधिकारका सवालमा सरोकारवालाबीच गरिएको प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रममा मन्त्री यादवले सो जानकारी दिए । १४ वटै जिल्लामा सञ्चालित कोभिड उपचार सेन्टरहरुलाई तयारी अवस्थामा रहन निर्देशन दिइसकिएको उनको भनाइ थियो ।

प्रदेश सरकारले सञ्चालन गरेको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा पनि वेडहरु थप गरिएको उनले बताए । ‘कोभिड अस्पतालमा करिव २ सयको संख्यामा वेडहरु तयारी अवस्थामा छ,’ उनले भने, ‘ अक्सिजन, भेन्टिलेटर वेडहरु पनि थप गरिएको छ ।’ प्रदेश सरकार कोभिड–१९ को नयाँ भेरियन्टको नियन्त्रणका लागि सजग रहेको मन्त्री यादवको भनाइ छ ।

कोभिड–१९ संक्रमण हुन नदिनका लागि स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउन उनले आग्रह गरे । साहस नै रोगको उपचार भएकाले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाए कोभिड–१९ बाट डराउनु नपर्ने मन्त्री यादव बताए ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ