२०८१ जेठ ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १स्वास्थ्यकर्मीलाई निर्घात कुटपिट, दुइ महिना पछि अभियुक्त पक्राउ

स्वास्थ्यकर्मीलाई निर्घात कुटपिट, दुइ महिना पछि अभियुक्त पक्राउ


विराटनगर – मोरङको कटहरी गाउँपालिका–३ मा रहेको अजय मेडिकोका संचालक तथा फर्मासिष्ट सकलदेव कामतलाई कुटपिट गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

स्वास्थ्यकर्मीलाई कुटपिट गरेको आरोपमा मोरङ कटहरी गाउँपालिका – ३ का २६ वर्षीय राम कुमार कामतलाई मोरङ प्रहरीले सोमबार राति पक्राउ गरेको हो ।

पक्राउ परेका कामतलाई प्रहरीले जिल्ला प्रशासन कार्यालय मोरङमा मंगलबा अभद्र व्यवहारको मुद्दामा पाँच दिनको म्याद थप गरी अनुसन्धान सुरु गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए ।

पक्राउ परेका कामतले स्वास्थ्यकर्मी कामतलाई विराटनगरबाट घर गइरहेका बेला करिब दुइ महिना अगाडी कुटपिट गरेका थिए । पक्राउ परेका कामतसहित पाँच जनाको समूहले स्वास्थ्यकर्मीलाई कुटपिट गरेको आरोप छ । कुटपिट गरेपछि उनी फरार भएका थिए । फरार भएका कामतलाई घरदेखि पक्राउ गरेको प्रहरीले जनाएको छ ।

विराटनगरबाट ३५ प ३०५५ नम्बरको मोटसाइकलमा कटहरी घर फर्किदै थिए । बाटो छेकेर राम कामतसहितका पाँच जनाको समूहले पाइप र मुक्काले निर्घात कुटपिट गरेर फरार भएका थिए । फर्मासिष्ट कामतलाई २३ कार्तिकमा राति ८ बजेको समयमा कुटपिट गरेको पीडितको भनाइ छ । कुटपिटबाट कामतको अनुहारलगायतको विभिन्न भागमा चोटपटक लागेको थियो ।

आक्रमण गर्ने राम कामतसहित युवाको समूह केही दिन अगाडि अजय मेडिकोमा ‘कपसिरफ’ माग्न आएका थिए । कपसिरफ नदिँदा पुरानो रिसिइबीलाई लिएर आक्रमण गरेको पीडितको भनाइ छ ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ