२०८१ जेठ ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १आर्या न्यूरो हस्पिटलमा निःशुल्क ओपीडी

आर्या न्यूरो हस्पिटलमा निःशुल्क ओपीडी


विराटनगर–विराटनगर–३ कञ्चनवारीस्थित आर्या न्यूरो हस्पिटलमा विशेषज्ञ चित्कसकहरुबाट निःशुल्क ओपीडी सेवा सुरु भएको छ । छोटो समयमा गुणस्तरीय सेवा प्रदान गरी बिरामीको मन जित्दै आएको हस्पिटलले फागुनदेखि विशेषज्ञ ओपीडी सेवा निःशुल्क गरेको हो ।

अस्पतालमा न्यूरो, हाडजोर्नी तथा नशा, मानसिक रोग, जनरल फिजिसियनलगायतको ओपीडी सेवा फागुन महिनादेखि निःशुल्क सुरु गरेको अस्पतालका निर्देशक दिनेश ठाकुरले जानकारी दिए । आर्यामा मष्तिक, मेरुदण्ड तथा नसारोग सम्बन्धि समस्याको लागि न्यूरो सर्जन डा. पंकजराज नेपालले सेवा दिदै आएका छन् ।

यस्तै, हाडजोर्नी तथा नशारोग सम्बन्धी सेवाको लागि डा. मिलन केसी, मानसिक रोग सम्बन्धी समस्याका लागि डा. आलोक झा, जनरल फिजिसियन सेवाका लागि डा. राकेश कुमार मण्डलले सेवा दिदै आएका छन् ।

स्वास्थ्यको पहुँचभन्दा टाढा रहेका आर्थिक रुपमा विपन्न समुदायहरुलाई लक्षित गरेर आर्या अस्पतालले निःशुल्क विशेषज्ञ ओपीडी सेवा सुरु गरेको जानकारी दिएको छ ।

सिटी स्क्यान सेवा सुरु

आर्याले अत्याधुनिक ‘एसीटी– ५० स्लाइस सिटी स्क्यान’ उपकरण जडान गरेर संचालनमा ल्याएको छ । न्यूरो सम्बन्धी भरपर्दो उपचार गर्दै आएको अस्पतलले सिटी स्क्यान संचालनमा ल्याएपछि बिरामीलाई सेवा प्रवाहमा सहज भएको छ । अस्पतालले लिने सेवा शुल्कहरु पनि अन्य अस्पतालको तुलनामा न्यून रहेको जनाएको छ ।

अस्पतालले चाँडै स्वास्थ्य बीमा कार्यक्रम पनि सुचारु गर्ने भएको छ । विपन्न सामुदायका बिरामीलाई लक्षित गरी स्वाथ्य बिमा कार्यक्रम सुरु गर्ने तयारी गरिएको अस्पतालले जनाएको छ ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ