२०८१ जेठ ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १न्यूरो अस्पतालमा सञ्चारकर्मीलाई सहुलियत

न्यूरो अस्पतालमा सञ्चारकर्मीलाई सहुलियत


विराटनगर–विराटनगरस्थित न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलले नेपाल पत्रकार महासंघ मोरङका साधारण सदस्यहरूको उपचार निःशुल्क र विभिन्न सेवाहरुमा छुटसहितको स्वास्थ्य सेवाहरुमा सहुलियत दिएको छ । अस्पतालले पत्रकारको उपचारमा सहुलिए दिएपछि न्यूरो र पत्रकार महासंघबीच सम्झौता गरेको छ ।

आइतबार अस्पताल र पत्रकार महासंघ मोरङ बीचसम्झौता भएको हो । अस्पतालको तर्फबाट सम्झौता पत्रमा अपरेशन डाइरेक्टर राजेश भट्टराई र पत्रकार महासंघ मोरङको तर्फबाट संजीव खनालले हस्ताक्षर गरेका छन् ।

अस्पतालले पत्रकार महासंघमा आवद्ध भएका सदस्यहरुको ओपिडी, आकस्मिक, एम्बुलेन्स, प्थाथोलोजी, एक्सरे, अल्ट्रासाउन्ड, इसिजी, इन्डोस्कोपी, बेड चार्ज, फिजियोथेरापी, इको सेवाहरू निःशुल्क रहेको अस्पतालकी कार्यकारी निर्देशक अनिशा विष्टले जानकारी दिइन् ।

यस्तै ५० प्रतिशत छुटमा एमआरआई, सिटी स्क्यान, सिटी एन्जियोग्राफी, क्याथल्याव, एन्जियोग्राफी, एन्जियोप्लास्टी, पेशमेकर, क्लोनोस्कोपी, सबै प्रकारका शल्यक्रिया, आईसीयू, सीसीयू, भेन्टिलेटर, बोनम्यारो डेनसिटी, इइजी, एनसिभी, एनसिएस, टिएमटी, एबिपिएस, होल्टर, कार्डियोग्राफी सेवा रहेको छ ।

पत्रकारका आश्रित परिवारलाई पनि छुट सेवा रहेको अस्पतालले जनाएको छ । पत्रकारका आश्रित परिवारलाई विभिन्न सेवाहरुमा ३० देखि ४० प्रतिशतसम्म छुट रहेको छ । अस्पतालले सामाजिक उत्तरदायित्व अन्तर्गत रहेर जनतालाई सूसुचित गराउन अग्रपंक्तिमा खटिने पत्रकारहरुको उपचार निःशुल्क गरिएको अस्पतालकी कार्यकारी निर्देशक बिष्टले बताइन् ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ