२०८१ जेठ ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १मेरुदण्डको समस्याबारे जनचेतना फैलाउन दमक स्पाइन क्लब गठन

मेरुदण्डको समस्याबारे जनचेतना फैलाउन दमक स्पाइन क्लब गठन


काठमाडौँ – झापाको दमक नगरपालिकामा स्थानीय नागरिकहरुलाई मेरुदण्डको समस्याबारे जनचेतना फैलाउने उद्देश्यले दमक स्पाइन क्लब गठन भएको छ। प्रोफेसर डा. गौरभ राज ढकालको नेतृत्वमा उक्त क्लब गठन भएको हो।

संरक्षकको रुपमा प्रोफेसर डा. ढकाल रहेको कल्बको संयोजकमा डा. अनुप पोखरेल रहेका छन्। त्यस्तै, सदस्यहरुमा डा. मनोज शाह, डा. नविन कुमार सिहं, डा. प्रविन चौधरी, डा. अरुण शाह, डा. दिप नारायण झा र डा. खड्का लिम्बु छन्।

कल्ब गठन भएकै दिन पहिलो बैठक पनि बसेको छ ।

दमकमा मेरुदण्डको समस्याबारे जनचेतना जगाउने उद्देश्यले दमक स्पाइन क्लब स्थापना गरिएको कल्बका संरक्षक प्रोफेसर डा. ढकालले जानकारी दिए।

‘वैशाखमा राष्ट्रियस्तरको ‘स्पाइन कोर्ष’ आयोजना गर्ने हाम्रो तयारी छ । त्यसबाहेक विद्यालयमा मेरुदण्ड परीक्षण कार्यक्रम आयोजना गरी घाँटी र ढाड दुख्ने समस्या, उपचारबारे जानकारी  दिने पनि कल्बको उद्देश्य छ, ‘ प्रोफेसर डा. ढकालले भने ।

स्पाइन सेन्टर स्थापनाका लागि छिटै लबिङ गर्ने क्लबले जनाएको छ ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ