२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १कान्तिसँगको सहकार्यमा कोशी अस्पतालमा बच्चाको क्यान्सरको उपचार सेवा सुरू

कान्तिसँगको सहकार्यमा कोशी अस्पतालमा बच्चाको क्यान्सरको उपचार सेवा सुरू


विराटनगर—विराटनगरस्थित कोशी अस्पतालमा बच्चाको क्यान्सरको उपचार सेवा सुरू गरेको छ । कान्ति बाल अस्पतालसँगको सहकार्यमा अस्पतालमा क्यान्सरको उपचार सेवा सुरु गरेको मेडिकल सुपरिटेन्डेन डा.यज्ञराज खरेलले जानकारी दिए ।

कान्ति बाल अस्पतालका बच्चाका क्यान्सर रोग विशेष डा. विश्व गिरीसहितको टिम आएपछि अस्पतालमा क्यान्सरको उपचार सेवा सुरु भएको हो । क्यान्सरको उपचारको लागि कोशी अस्पतालका बालरोग विशेषज्ञ डा. रामनारयण चौधरीको नेतृत्वमा टिम रहेको छ ।

‘बच्चालाई क्यान्सर लागेका बिरामी काठमाडौं जानुपर्ने अवस्था थियो । त्यसको अब अन्त्य भएको छ,’ मेसु डा. खरेलले भने, ‘अब कोशी अस्पतालमा क्यान्सर भएका बच्चाको बिरामीको उपचार हुनेछ ।’

अस्पतालमा चाँडै मिर्गौला प्रत्यारोपणको लागि तयारी गरिदैं आएको मेसु डा. खरेलले बताए । मानव अंग प्रत्यारोपण केन्द्रसँग सहकार्य गरेर मिर्गौला प्रत्यारोपण गरिने उनले बताए । यसको लागि एमओयु तयारी भइरहेको उनले जानकारी दिए ।

आईसीयु विस्तार, प्रयोगशाला रिपोर्ट अनलाइनबाटै दिने तयारी

कोशी अस्पतालमा आईसीयुका शैय्या वृद्धि गरिएको छ । १२ बेडको रहेको आईसीयु कक्ष ५० शैय्यामा पु¥याएको अस्पताल मेसु यज्ञराज खरेलले बताए । ‘बिरामीको चाप बढेपछि आईसीयुको शैय्या थप गरिएको छ,’ उनले भने, ‘यसको लागि बजेट संघीय सरकारले विनियोजन गरिदिएको छ ।’

अस्पतालमा गरिने ल्याब रिपोर्ट पनि अनलाइन प्रणालीको विकास गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको उनले बताए । ‘अस्पताल गरिने प्रयोगशालाको रिपोर्ट अनलाइनबाट दिने प्रणालीको विकास गर्ने तयारीमा रहेको छौं,’ उनले भने, ‘चाँडै ल्याबको रिपोर्ट पनि अनलाइनबाट दिनेछौं ।’


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ