२०८१ वैशाख ११, मंगलबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १आर्या न्यूरोमा मेरूदण्ड भाँच्चिएको बिरामीको सफल उपचार

आर्या न्यूरोमा मेरूदण्ड भाँच्चिएको बिरामीको सफल उपचार


विराटनगर—विराटनगर–३ कन्चनवारीस्थित आर्या न्यूरो अस्पताल टाउको, नसा र हाडजोर्नी सम्बन्धी रोगको उपचारमा एकपछि अर्को सफलता हासिल गर्दै गएको छ । त्यसको पछिल्लो उदाहरणका रुपमा आर्या न्यूरोले भोजपुरकी—३० वर्षीया सृजना तामाङको मेरुदण्ड भाँच्चिएर च्यापिएको नसाको सफल उपचार गरेको हो ।

काम गर्ने क्रममा घरबाट लडेर तामाङको मेरुदण्ड भाँच्चिएर नसा च्यापिएको थियो । नसा च्यापिएको कारणले उनका दुवै खुट्टा नचल्ने भएका थिए । उनी उपचारको लागि विराटनगरको हस्पिटल आइन् ।

विराटनगरको एक हस्पिटलमा पाँच दिन राखियो । ठिक नभएपछि आफन्तको साहारमा आर्या न्यूरो हस्पिटल आएकी थिइन् । आर्या न्यूरो आएपछि हस्पिटलका वरिष्ठ न्यूरो सर्जन तथा अस्पतालका प्रबन्धक निर्देशक डा. पंकजराज नेपालको टिमले मेरुदण्डको सफल शल्यक्रिया गरेर च्यापिएको नसा खुलाएका थिए । २८ दिन हस्पिटलमा बसेपछि उनको डिस्चार्ज भएको छ ।

उनी आइतबार हस्पिटलमा फलोअपमा आएकी थिइन् । ‘अहिले मज्जाले हिडडुल गर्न सक्ने भएको छु,’ उनले भनिन्, ‘आर्या न्यूरोले नयाँ जीवन दिएको छ ।’

उपचारमा संलग्न चिकित्सक डा. नेपालले शल्यक्रियापछि बिरामीले नियमित थेरापी गरेपछि अहिले राम्रोसँग हिडडुल गर्नसक्ने भएको बताए । ‘मेरुदण्ड भाँच्चिएर नसा च्यापिएको बिरामी राम्रोसँग हिडडुल गर्न सक्दैनन् । पिसाब पनि लागेको थाहा हुँदैन । लडेको एक हप्तापछि हस्पिटल आएकोले हामीले तुरुन्त शल्यक्रिया ग¥यौं । च्यापिएको नशा खोलियो । ३ देखि ४ महिनासम्म थेरापी गरेपछि अहिले ठिक भएको छ,’ डा. नेपालले भने, ‘मेरुदण्डमा स्पाइनल क्यानल’ हुन्छ, हातखुट्टा चलाउने नसाहरु त्यही जोडिएका हुन्छन् । त्यही भएर नसा च्यापिएको बिरामीको चाँडै उपचार गरिनुपर्दछ । चाँडै उपचार गरे रिकभर हुन्छ । नसा पुरै ड्यामेज भयो भने त्यसलाई रिकभर गर्न ढिलो हुने गर्दछ ।’


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ