२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १भट्टराईलाई सुदर्शन देवकोटा स्मृति स्वास्थ्य पत्रकारिता पुरस्कार

भट्टराईलाई सुदर्शन देवकोटा स्मृति स्वास्थ्य पत्रकारिता पुरस्कार


विराटनगर—विराटनगरका पत्रकार जुनु भट्टराई सुदर्शन देवकोटा स्मृति स्वास्थ्य पत्रकारिता पुरस्कार प्रदान गरिएको छ। शुक्रबार स्वास्थ्य पत्रकार मञ्च नेपालले विराटनगरमा पुरस्कार वितरण कार्यक्रम आयोजना गरी भट्टराईलाई तेस्रो संस्करणको सुदर्शन देवकोटा स्मृति स्वास्थ्य पत्रकारिता पुरस्कार प्रदान गरिएको हो ।

शारदा सुदर्शन देवकोटा फाउण्डेसनले प्रदान गर्दै आएको तेस्रो संस्करणको सुदर्शन देवकोटा स्मृति स्वास्थ्य पत्रकारिता पुरस्कारको राशी ३३ हजार ३ सय ३३ रुपैयाँ रहेको छ ।

पुरस्कृत भएकी पत्रकार भट्टराईलाई पुरस्कार कोशी प्रदेशका सभामुख बाबुराम गौतम, कोशी प्रदेश सरकारका स्वास्थ्यमन्त्री तिलकुमार म्याङवो लिम्बु, कोशी प्रदेश सरकारका पूर्व स्वास्थ्यमन्त्री जयराम यादव, फाउण्डेसनका अध्यक्ष तथा कोशी प्रदेशका स्वास्थ्य सचिव डा. सुधा देवकोटा, फाउण्डेसनका कार्यकारी निर्देशक तेजकुमार बाँस्तोला, नेपाल पत्रकार महासंघ कोशी प्रदेशका अध्यक्ष लिलाबल्लभ घिमिरे, स्वास्थ्य पत्रकार मञ्च नेपालका अध्यक्ष सरोज ढुंगेल, सल्लाहकार बुद्धि कट्टेलले नगदसहित सम्मानपत्र प्रदान गरेको हो ।

यसअघि फाउण्डेसनले पत्रकार सपना पौडेल र पवित्रा सुनुवारलाई पुरस्कार प्रदान गरिसकेका छ ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ