२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १औषधि व्यवसायीको निःशुल्क स्वास्थ्यमा शिविरमा २ सय जनाको स्वास्थ्य परीक्षण

औषधि व्यवसायीको निःशुल्क स्वास्थ्यमा शिविरमा २ सय जनाको स्वास्थ्य परीक्षण


विराटनगर—नेपाल औषधि व्यवसायी संघको ५० औं स्थापना दिवसको अवसर पारेर औषधि व्यवसायी संघ मोरङ शाखाले निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । शनिबार संघले मोरङको गछियामा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको हो ।

शिविरमा विशेषज्ञ चिकित्सकहरूबाट २ सय जनाले स्वास्थ्य परीक्षण गरेका थिए । वरिष्ठ दन्तरोग विशेषज्ञ डा. सुधीर श्रेष्ठ, वरिष्ठ नवजात तथा शिशु रोग विशेषज्ञ डा. राजेश यादव, फिजिसियन डा. चन्दन विश्वास, स्त्री तथा प्रसूती रोग विशेषज्ञ डा. रेनुका राठीले सुन्दरहरैचा नगरपालिका भित्रका २ सय जनाको स्वास्थ्य जाँच गरेको औषधि व्यवसायी संघ मोरङका उपाध्यक्ष तथा प्रवक्ता देशबन्धु ढकालले जानकारी दिए ।

शिविरमा आएर स्वास्थ्य परीक्षण गरिएका बिरामीलाई चिकित्सकले सिफारिस गरेको औषधि पनि निःशुल्क वितरण गरेको उनले बताए । संघका सह—कोषाध्यक्ष पुष्पराज पोखरेलको संयोजत्वमा उक्त शिविर भएको हो ।

संघको स्थापना दिवसमा मोरङ शाखाले सप्ताहव्यापी कार्यक्रम आयोजना गरी मनाउँदै आएको छ । यसअघि कोशी अस्पतालका बिरामीहरुलाई फलफूल वितरण, ट्राफिक प्रहरीलाई स्वास्थ्य सामाग्री वितरण र खुल्ला रक्तदान कार्यक्रम आयोजना गरिसकेको छ ।

आइतबार संघले सप्ताहव्यापी कार्यक्रम समापन गर्दैछ । नेपाल पत्रकार महासंघमा दिउँसो कार्यक्रम आयोजना गरी सप्ताहव्यापी कार्यक्रम विधिगत रुपमा सम्पन्न गर्नेछ । समापनमा संघले अग्रज व्यवसायीहरुलाई सम्मान पनि गर्ने कार्यक्रम राखेको छ ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ