२०८१ साउन ३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १धरानमा जनस्वास्थ्य आपत्तकाल घोषणा गर्न सिफारिस, एक दिने निषेधाज्ञा जारी

धरानमा जनस्वास्थ्य आपत्तकाल घोषणा गर्न सिफारिस, एक दिने निषेधाज्ञा जारी


धरान—जिल्ला प्रशासन कार्यलय सुनसरीले १५ हजारभन्दा बढीलाई डेंगी संक्रमण भएपछि धरान उपमहानगरपालिकाका जनस्वास्थ्य आपत्तकाल घोषणा सिफारिस गरेको छ । शुक्रबार प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले आदेश जारी गर्दै शुक्रबार राति १२ बजेदेखि शनिबार राति १२ बजेसम्मका लागि धरानमा निषेधाज्ञा जारी गरेको जनाएकी छन् ।

धरान उपमहानगरपालिका २० वटा वडामा मात्रै १५ हजारभन्दा बढी व्यक्तिमा डेंगी संक्रमण भएको छ भने धरान जिल्लाका सबै स्थानीय तहमा समेत गरी १६ हजार बढीमा डेंगी संक्रमण देखिएको छ । डेंगी संक्रमणबाट सुनसरीमा मात्रै १२ जनाको मृत्यु भइसकेको छ ।

साउन २६ को जिल्ला विपद् व्यवस्थापन समितिको सिफारिसअनुसार पाण्डेले एक आदेश जारी गरेर धरानमा स्वास्थ्य आपत्तकालको घोषणा गर्न सिफारिस गरिएको हो ।

विग्रदो सुरक्षा अवस्थालाई मध्यनजर गर्दै धरानमा निषेधाज्ञा जारी गरिएको हो । यो अवधिमा सुरक्षा निकायसँग समन्वय नगरेर सामूहिक रुपमा गरिने सामाजिक, धार्मिक, राजनैनिक सभा, ¥याली,भेला, प्रदर्शनलगायका कुनै पनि प्रकारका कार्यक्रममा रोक लगाइएको छ ।

 


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ