२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १कोराना भाइस फैलन नदिन र्‍यापिड रेस्पोन्स टिम, संयोजकमा निर्देशक डा. साह

कोराना भाइस फैलन नदिन र्‍यापिड रेस्पोन्स टिम, संयोजकमा निर्देशक डा. साह


विराटनगर धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना भाइरस फैलन नदिन र सतर्कता अपनाउन डेस्कसहितको कोरोना भाइरस र्‍यापिड रेस्पोन्स टिम गठन गरेको छ । अस्पताल निर्देशक प्रा.डा. गौरीशंकर साहको संयोजकत्वमा १२ सदस्यीय टिम गठन भएको हो ।

हालसम्म पूर्वी नेपालमा फेला नपरेपनि काठमाडौंमा नोवेल कोरोना भाइरस संक्रमित व्यक्ति पाइएपछि पूर्वमा पनि देखापर्न सक्ने भन्दै प्रतिष्ठानले सतर्कता अपनाउँदै र्‍यापिड रेक्पोन्स टिम गठन गरेको हो । प्रतिष्ठानमा जनकपुरदेखि पूर्वका सबै जिल्लाका बिरामी र भारतीय सीमावर्ती विहारका समेत बिरामी उपचारका लागि आउने भएकाले कुनै पनि बेला कोरोना भाइरस संक्रमित बिरामी पनि आउन सक्ने भएकाले सतर्कता अपनाउँदै उपचार गर्न टिम गठन गरेको अस्पताल निर्देशक प्रा.डा. साहले बताए ।

टिममा सहायक अस्पताल निर्देशक डा. विकास साह, आकस्मिक विभागका प्रा. डा. ज्ञानेन्द्र मल्ल, एनेस्थेसिया विभागका प्रा.डा. कृष्ण पोखरेल, माइक्रोबायोलोजी विभागका एडिसनल प्रोफेसर डा.नारायण भट्टराई, कम्युनिटी मेडिसिन विभागका एसोसिएट प्रोफेसर डा.विजयकुमार खनाल, नाक –कान–घाँटीका एसोसिएट प्रोफेसर डा.दीपक पौडेल, बालरोग विभागका असिष्टेण्ट प्रोफेसर डा.मुकेश भट्ट, स्त्री तथा प्रसूति विभागका असिस्टेण्ट प्रोफेसर डा.मनोज साह, इटरनल मेडिसिन विभागका असिस्टेण्ट प्रोफेसर डा.रोशन क्षेत्री, पल्मोनोलोजी विभागका एडिसनल प्रोफेसर डा.दिव्यराज मिश्र र अस्पताल प्रशासन महाशाखाका सुपरभाइजर कमला लिम्बु रहेका छन् ।

प्रतिष्ठानमा नोवेल कोरोना भाइरस संक्रमण भए नभएको पत्ता लगाउने प्रविधि नभएकाले स्वास्थ्य मन्त्रालय मातहतको इपिडिमियोलोजी विभागमा किट र आवश्यक उपकरण र उपचारमा संलग्न चिकित्सकले लगाउने विशेष प्रकारको ड्रेस पनि माग गरेको छ ।

प्रतिष्ठानका अस्पताल निर्देशक प्रा.डा. गौरीशंकर साहले भने, ‘कोरोना भाइरस संक्रमित बिरामी राजधानीमा देखियो । पूर्वी नेपालमा पनि नदेखिएला भन्न सकिन्न । यद्यपि अहिलेसम्म पूर्वमा यो भाइरसबाट संक्रमित बिरामी फेला परेका छैनन् । तर पूर्व सतर्कता अपनाउन डेस्कसहित र्‍यापिड रेस्पोन्स टिम बनाएको हो ।’


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ