२०८१ वैशाख २२, शनिबार
Health Aawaj logo
गृहपृष्ठमेरो स्टार्टअप५ करोड लगानीमा खुल्यो ‘सोवा हेल्थकेयर’, ३० वर्षीया ऋचाले हाँक्दैछिन् सोवाको बजार

५ करोड लगानीमा खुल्यो ‘सोवा हेल्थकेयर’, ३० वर्षीया ऋचाले हाँक्दैछिन् सोवाको बजार


ऋचा श्रेष्ठ ‘गजबको’ नुडल्समा ब्राण्ड म्यानेजरका रुपमा कार्यरत थिइन् । वेल एजुकेटड उनी व्यवसायिक फ्यामिलीमा हुर्किएकी हुन् । एमबीए गरेकी ऋचालाई त्यतिमा मात्रै टस बसिरहेको थिएन् । बुटवलकी स्थायी वासिन्दा उनको केही फरक, भिन्न र नौलो काम गर्ने अठोट र सपना दुवै थियो ।

त्यतिकैमा हेल्थ सेक्टरमा प्रिमियम प्रिभेन्टीभ हेल्थकेयर र अल सर्विस वान स्पटबाट दिने संस्था खोल्ने तयारी अगाडि बढ्यो । ‘म केही फरक गर्ने अप्सन खोजिरहेकी थिए,’ ३० वर्षीया ऋचाले हालैको एक मध्यान्ह हेल्थआवाजसँग भनिन् ।

८ महिनाअघि उनी गुणस्तरीय हेल्थकेयर सेवा दिने तयारीमा जुटेका ८ जना युवाहरुको समूहमा थपिइन् । ऋचा थपिएपछि तीनजना चिकित्सकसहित ९ जना युवाहरुको सशक्त टिम बन्यो । त्यसपछि हेल्थकेयर संस्थाका लागि आवश्यक तयारीहरु अगाडि बढाइए । सेटअप अगाडि बढ्दै गर्दा सबैको सल्लाहअनुसार नाम खोज्न सुरु भयो । एउटा आकर्षक शब्द उनीहरुको दिमागमा क्लिक भयो—‘सोवा’ । ‘सोवा’को अर्थ तिब्बती भाषामा ‘हिलिङ’ अर्थात ‘निको पार्नु’ हो । यो छोटो र सम्झन सजिलो शब्द पनि भएकाले यही सबैले मन पराए ।

‘सोवा’ नामलाई ब्राण्डिङ गर्ने उद्देश्यका साथ ललितपुर जावलाखेल एकान्तकुनामा ‘सोवा हेल्थकेयर’ खुल्यो । ‘सोवा’लाई ऋचासहित युवाहरुको टिम आधुनिक शैलीमा हेल्थकेयर सेवा उपलब्ध गराउने संस्थाका रुपमा विकास गरेका छन् । एकै ठाउँबाट दर्जन बढी विशेषज्ञ सेवा, अत्याधुनिक उपकरण, आकर्षक इन्टेरियर डिजाइन, उत्कृष्ट हस्पिटालिटी, पारिवारिक वातावरण ‘सोवा हेल्थकेयर’का खास विशेषता हुन् ।

६ महिनाअघिबाट सञ्चालनमा आएको ‘सोवा हेल्थकेयर’मा संस्थापकसमेत रहेकी ऋचाले बजार निर्देशकका रुपमा काम गरिरहेकी छिन् । ‘नेपालको हेल्थकेयरमा खर्च गरेअनुसार सुविधा छैन्,’ यी युवा उद्यमीले सुनाइन्, ‘ओपीडी, इमर्जेन्सी, डाक्टर, ल्याब खोज्दैं अस्पतालमा बिरामी हैरान भइरहेका हुन्छन् ।’ युवा दिमागले अहिलेको अवस्थालाई राम्रोसँग बुझेको हुन्छ । विशेषगरी स्वास्थ्य क्षेत्रमा सुविधाअनुसार मानिसहरु पैसा तिर्न कन्जुसाई गर्दैनन् भन्ने उनीहरुलाई थाहा छ ।

अहिले नेपालका धेरै अस्पतालमा लामो लाइनमा बिरामी कुनुपर्ने, डाक्टर समयमा नभेटिने, अस्पतालभित्र कन्फ्युजन, कर्मचारीहरुको रुढ व्यवहार, सरसफाइ नहुनेजस्ता समस्या छन् । बुटिक शैलीमा पर्सनल केयर दिने, सरसफाइ र हाइजिन उत्कृष्ट तरिकाले मेन्टेन गर्ने र बिरामीलाई चाहिएकै समयमै डाक्टर उपलब्ध गराउने उद्देश्यले सोवाले सेवा दिइरहेको छ । त्यही कारण ‘सोवा हेल्थकेयर’ले बिरामी प्रवेशदेखि उपचार नसकिँदासम्म गाइड गर्ने स्टाफ नर्सको व्यवस्था गरेको छ ।’ प्यासेन्ट सेन्ट्रीक सेवा दिने उद्देश्यका साथ सञ्चालनमा आएको सोवाको अर्को सुन्दर पक्ष पारिवारिक वातावरण र उत्कृष्ट हस्पिटालिटी हो ।

‘सोवा हेल्थकेयर’ले सुरुवातमै दर्जन बढी विशेषज्ञ परामर्श सेवा सुरु गरेको हो । त्यसबाहेक डाइग्नोटिक एण्ड इमेजिङ, डर्माटोलोजी र कस्मेटिक, हेल्थकेयर प्याकेज, खोप, फ्यामिली प्लानिङ, फार्मेसी र सामान्य सर्जरीलगायतका सेवा पनि सोवामा उपलब्ध छन् । अहिले विशेषज्ञ परामर्शअन्तर्गत जनरल फिजिसियन, ग्यास्ट्रोइन्ट्रोलोजी, नेफ्रोलोजी, इन्डोक्राइनोलोजी, पल्मोनोलोजी, कार्डियोलोजी, डर्माटोलोजीमा हाइडा फेसियलदेखि एस्थेटिकसम्मका सेवाहरु, प्रसूति र स्त्री रोग, बाल रोग, युरोलोजी, ईएनटी, हाडजोर्नी तथा नसा रोग सम्बन्धि, रेडियोलोजी, डाइटिसियन, सामान्य सर्जरीलगायतका सेवा दिइरहेको छ । विशेष चिकित्सकहरु डा. दिपेश गुरुवाचार्य, डा. सन्जय लाखे, डा. हिरा तुलाधरलगायत सोवामा सेवा दिन्छन् ।

सोवाले अत्याधुनिक ल्याब चलाइरहेकाले प्याथालोजी सेवा पनि नियमित छ । एक्स—रे, इसिजी, अल्ट्रासाउण्ड, इको, एबीपी÷होल्टर, पीएफटी र इन्डोस्कोपी सेवाहरु पनि छन् । विशेष सेवाहरुमा डर्माटोलोजी र कस्मेटिक, वेलनेस क्लिनिक र इम्युनाइजेसन तथा होम कलेक्सन सेवा पनि छ । त्यसबाहेक ‘सोवा हेल्थकेयर’ नवीन कन्सेप्टमा ‘उबर हेल्थकेयर सेवा’ पनि सुरु गरेको छ । अनलाइन फार्मेसी सेवा पनि उपलब्ध छ । सोवाको अनलाइन औषधी डेलिभरी पार्टनरका रुपमा ‘इ फार्मेसी’ले काम गरिरहेको छ ।

यसबाहेक सोवाले ‘प्रिभेन्टीभ हेल्थकेयर’मा फोकस गरिरहेको ऋचाले सुनाइन्् । ‘मान्छेलाई केही समस्या भइसकेपछि अस्पताल जानुभन्दा पहिले नै मानिसले आफ्नो हेल्थको केयर गरुन भनेर हामीले त्यसमा धेरै फोकस गरिरहेका छौं,’ उनी भन्छिन् । त्यसका लागि सोवाले प्याकेजहरु बनाएर परामर्श पनि दिइरहेको छ ।

२५ जना कर्मचारीबाट सुरु भएको ‘सोवा हेल्थकेयर’मा डेन्टल, फिजियो थेरापी र मेडिकल मसाज सेवा सुरु गर्ने तयारी छ । अहिले सोवामा चिकित्सकसहित ३० जना कर्मचारी कार्यरत छन् । ‘अहिलेसम्म झण्डै ५ करोड बढी लगानी भइसकेको छ,’ ऋचा भन्छिन् । ९ जना लगानीकर्तामध्ये तीन जना सोवाको प्रत्यक्ष व्यवस्थापनमै सक्रिय छन् ।

गुणस्तरीय सेवा दिने लक्ष्य सोवाको छ । त्यसबाहेक सोवाले नेपालीसँगसँगै विदेशी कुटनीतिज्ञ, पर्यटकहरुलाई पनि स्तरीय सेवा दिन खोजिरहेको छ । ‘बाहिर विदेशी नागरिकहरुलाई उपचार गर्न गाह्रो छ,’ उनले भनिन्, ‘तर, हामीले विदेशी नागरिकलाई सहज रुपमा सेवा उपलब्ध गराउने प्रयास गरिरहेका छौं ।’

राम्रो हस्पिटालिटी, अत्याधुनिक उपकरण र प्रविधीबाट दिइरहेको गुणस्तरीय सेवालाई सधैं कायम राख्न प्रयत्नशील रहने ऋचाले बताइन् । ‘कोभिड–१९ प्रोटेक्सन अनुसार, राम्रो सर्विस छ भनिरहनुभएको छ,’ उनी थप्छिन्, ‘यसलाई हामी निरन्तर कायम राख्छौं ।’ यही कारण हो, ६ महिनामै ‘सोवा हेल्थकेयर’ले १५ सय बढी बिरामीलाई सेवा दिइसकेको छ । त्यो क्रम निरन्तर बढ्दो क्रममा छ ।


क्याटेगोरी : मेरो स्टार्टअप
ट्याग : #बुटवल, #सोवा हेल्थकेयर


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ