२०८१ वैशाख ६, बिहीबार
Health Aawaj logo
गृहपृष्ठमेरो स्टार्टअपडा. गुरुप्रसादको ‘शिखरम’: जसले दिदैंछन् ४ करोड लगानीमा ल्याबसहितको विशेषज्ञ स्वास्थ्य सेवा

डा. गुरुप्रसादको ‘शिखरम’: जसले दिदैंछन् ४ करोड लगानीमा ल्याबसहितको विशेषज्ञ स्वास्थ्य सेवा


सन् २०११ मा डा. गुरुप्रसाद मैनालीले चीनको सिचुवान युनिभर्सिटीबाट एमबीबीएस सके । त्यसपछि नेपाल फर्किए । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका निवासी उनी नेपाल फर्केर काम गर्न झापा गए । झापाको दमकस्थित लाइफलाइन हस्पिटलमा काम गरे । त्यहाँ काम गर्न थालेको दुई वर्ष भएको थियो, उनलाई उनलाई स्पोन्सरसीपमा एमडी गर्ने अवसर प्राप्त भयो ।

लाइफलाइन हस्पिटलले नै उनलाई ५ वर्षे काम गर्ने शर्तमा एमडीका स्पोन्सर गरिदियो । त्यही कारण सन् २०१३ मा उनी वीरगन्जस्थित नेशनल मेडिकल कलेजमा एमडी गर्न गए । सन् २०१६ मा उनले प्याथालोजीमा विशेषज्ञता हासिल गरे । त्यसपछि अस्पतालसँगको सम्झौताअनुसार उनी काम गर्नका लागि पुनः लाइफलाइन हस्पिटल फर्किए । साढे ५ वर्ष लाइफलाइन हस्पिटलमा काम गरे ।

काठमाडौंका स्थायी वासिन्दा उनी पढाइ र कामको सिलसिलामा बाहिर लामो समय रहे । त्यही कारण परिवारको पनि उनी घर फर्किउन्, र यही केही गरुन भन्ने सोच थियो । डा. गुरुलाई पनि धेरै समय बाहिर रहेकाले काठमाडौं फर्किन लागिरहेको थियो । ‘झण्डै १७ वर्ष बाहिर बिताए । एमबीबीएसदेखि एमडीसम्म र मेडिकल अधिकृतदेखि विशेषज्ञका रुपमा काम गर्दा पनि बाहिरै बसे,’ उनले सुनाए, ‘अब कति बाहिर बस्नु भनेर काठमाडौं फर्किए ।’ काठमाडौं फर्किनुपूर्व नै उनले के गर्ने भन्ने योजना बनाइसकेका थिए ।

त्यसका लागि वि.सं. २०७८ साउनबाट त्यसको तयारी पनि पारिवारिक तहबाटै सुरु भयो । ‘घरमा सल्लाह पनि गरे । सनसिटी एरियामा प्रयोशालासहितको मल्टीस्पेसियालिटी क्लिनिक थिएन,’ डा. गुरु भन्छन्, ‘घर छेउमै हुन्छ, यही ठाउँमा किन केही नगर्ने भनेर गत वर्षदेखि प्रयोगशालासँगै मल्टी स्पेसियालिटी क्लिनिक स्थापना गर्ने योजना बनाए ।’ त्यसका लागि ३७ वर्षीय डा. गुरुले दुई जना पुरुषोत्तम कार्की र कृष्णबहादुर बस्नेतलाई टिममा ल्याए ।

वि.सं. २०७८ साउनमा बनेको योजनाअनुरुप उनको टिम उपयुक्त स्थानको खोजीमा जुट्यो । डा. गुरु झापामै भएकाले उनका बुवाले ठाउँ हेर्नेदेखिका कामहरुको जिम्मेवारी लिए । प्याथ ल्याबका लागि आवश्यक क्राइटेरिया, मेडिकल सेन्टरका लागि आवश्यक ओपीडी क्लिनिक, फार्मेसी, युएसजीलगायतका लागि आवश्यक पर्ने भवन खोज्न झण्डै दुई महिना लाग्यो । ०७८ असोजमा पेप्सीकोला सनसिटी नजिकै राधाकृष्ण कम्प्लेक्सको ४ हजार स्क्वायर फिट भाडामा लिए ।

०७८ कात्तिकमा भवनमा प्याथ ल्याब र मेडिकल सेन्टरको निर्माण कार्य सुरु भयो । कन्स्ट्रक्सन सुरु भएको ६ महिनापछि चैतमा काम सम्पन्न भयो । त्यहीबीच उनले ल्याब सञ्चालनका लागि आवश्यक प्रक्रियाहरु पनि अगाडि बढाए । त्यसका लागि आवश्यक पर्ने नाम छनोट गरे । ‘नेपालमा अहिले संस्कृत शब्दको ट्रेण्ड छ,’ डा. गुरु भन्छन्, ‘संस्कृत शब्दहरु बढी प्राथमिकतामा छन् ।’ शिखर भनेको ‘टप’ उच्चस्तरको सेवा दिनका लागि ‘शिखरम’ नाम उनको रोजाइमा प¥यो । त्यही कारण नाम राखे—‘शिखरम प्याथ ल्याब एण्ड मेडिकल सेन्टर’ । नयाँ नाम भएकाले पनि उनको छनोटमा यो परेको हो ।

चैतमा कन्स्ट्रक्सनको काम सकेपछि उनले पहिलो चरणमा फार्मेसीको सेटअप सकेर सञ्चालनमा ल्याए । त्यसपछि प्याथ ल्याबको सेटअप पूरा गरे । त्यसपछि प्याथ ल्याब दर्ताको प्रमाणपत्र असारमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट पाएपछि प्याथ ल्याब सेवा सञ्चालनमा ल्याए ।

त्यसपछि शिखरम प्याथ ल्याब एण्ड मेडिकल सेन्टरले विशेषज्ञ चिकित्सकबाट ओपीडी सेवा पनि सञ्चालनमा ल्यायो । यो सबै गर्दा डा. गुरुको टिमको लगानी झण्डै साढे चार करोड पुगेको छ । त्यसबाहेक युएसजी, इसिजी, इको, भिडियो एक्सरेलगायतका सेवाहरुका सेटअपकै चरणमा रहेका लगानी बढ्ने उनले जानकारी दिए ।

शिखरम ‘बी’ क्याटागोरीको प्याथ ल्याब हो । प्रयोगशालामा झण्डै ४ सय प्रकारका परीक्षण हुन्छन् । सँगै मल्टीस्पेसियालिटी क्लिनिकका रुपमा पेडियाट्रिक, जनरल फिजिसियन, हाडजोर्नी तथा नसा रोग, स्त्री तथा प्रसुति रोगलगायतका विशेषज्ञ सेवाका ओपडी सञ्चालनमा छन् । यस्तै, क्लिनिकको आफ्नै फार्मेसी सेवा पनि सञ्चालनमा छ । ‘केही समयमै हामीले भिडियो एक्सरे, इको, युएजीलगायतका सेवाहरु सुरु गर्दैर्छौ,’ शिखरमका अध्यक्ष एवं प्याथालोजिष्ट डा. गुरु भन्छन्, ‘फिजियो थेरापी सेवा सुरु गर्ने तयारी छ । विशेषज्ञ सेवाहरु पनि थप्दै जान्छौं ।’

अहिले शिखरममा १६ जना कर्मचारीको टिम छ । त्यसबाहेक ४ जना विशेषज्ञ चिकित्सकहरुले ओपीडी सेवा दिइरहेका छन् । अब केही समयमै सुपरस्पेसियालिटी टिम पनि शिखरम प्याथ ल्याब एण्ड मेडिकल सेन्टरमा आउनेछ । निकट भविष्यमै इनफर्टिलिटी, कार्डियोलोजी, नेफ्रोलोजी, बाथ रोगलगायतका सुपरस्पेसियालिटी सेवा दिने १० जना विशेषज्ञको टिम टिम हुने डा. गुरु बताउँछन् । त्यससँगै शिखरमा थप कर्मचारी पनि थपिनेछन् ।

उत्कृष्ट शैलीको सेटअप । अत्याधुनिक उपकरणसहितको नवीन सेटअपमा सञ्चालनमा आएको ‘शिखरम प्याथ ल्याब एण्ड मेडिकल सेन्टर’ भर्ना गर्नुपर्नेबाहेकका बिरामीलाई सबै उपचार सेवा उपलब्ध गराउने लक्ष्यका साथ काम गरिरहेको छ । ‘बिरामीले आवश्यक सबै विशेषज्ञ चिकित्सक यही भेट्ने, सबै परीक्षण यही गराउन पाउने, एक्सरे, भिडियो एक्स रे, इसिजी, इको, युएजीलगायतका सेवा एकै ठाउँबाट उपलब्ध हुनेछन्,’ उनले भने, ‘यी सबै सेवाहरु हामी तीनदेखि चार महिनाभित्र सुरु गर्छौ ।’

लामो समय प्याथालोजिष्टका रुपमा सक्रिय डा. गुरुले अब व्यवस्थापकमा रुपमा पनि काम थालेका छन् । उनलाई विशेषज्ञ चिकित्सकका रुपमा एक जिम्मेवारी त छदैंछ, त्यसबाहेक शिखरम प्याथ ल्याब एण्ड मेडिकल सेन्टरलाई अगाडि लैजानुपर्ने चुनौती पनि छ । व्यवस्थापक रुपमा थपिएको नयाँ जिम्मेवारीलाई उनले कसरी लिएका छन् ? भन्छन्, ‘एमडी सकेर पहिले म एउटा विभाग मात्रै हेरेर बसेको थिए । अहिले समग्र संस्थाकै नेतृत्व गर्दाखेरि अलि चुनौतीपूर्ण त भइहाल्छ । तर, यो च्यालेन्जलाई पनि पोजेटिभ रुपमा लिएर संस्थालाई अगाडि लैजाने दिशामा काम गरिरहेको छु ।’

काठमाडौंको पूर्वी क्षेत्रको घना वस्ती विकास हुँदैं गरेको ठाउँमा बी श्रेणीको प्याथ ल्याब र मल्टीस्पेसियालिटी क्लिनिक खोलेका उनले नयाँ व्यवसायमा चुनौतीभन्दा सम्भावना देखेका छन् । ‘यो ठाउँमा चुनौतीभन्दा पनि सम्भावना नै धेरै छन्,’ उनी भन्छन्, ‘किनभने, यहाँ यो स्तरको तत्कालै गुणस्तरीय सेवा दिने ल्याब र मल्टीस्पेसियालिटी क्लिनिक छैन ।’ त्यसबाहेक शिखरमले विशेषज्ञ चिकित्सकले ठूलो टिम बनाउन लागेका पनि स्थानीयहरुले नजिकै विशेषज्ञ स्वास्थ्य सेवा पाउनेछन् । ‘यो फूल सेटअपमा गइसकेपछि यो क्षेत्रका बिरामी अन्यत्रै जानै परेन्,’ हालैको एक दिउँसो कुराको बिट मार्नुपूर्व डा. गुरु सुनिए, ‘लगभग सबै सेवा यही पाउनेछन् ।’


क्याटेगोरी : मेरो स्टार्टअप
ट्याग : #डा. गुरुप्रसाद मैनाली, #नेशनल मेडिकल कलेज, #लाइफलाइन हस्पिटल, #शिखरम प्याथ ल्याब एण्ड मेडिकल सेन्टर


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ