२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशसामाजिक विकासमन्त्री सुवेदी र राज्यमन्त्री रावलद्धारा अस्पताल अनुगमन

सामाजिक विकासमन्त्री सुवेदी र राज्यमन्त्री रावलद्धारा अस्पताल अनुगमन


महेन्द्रनगर- महाकाली प्रदेश अस्पतालमा सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदी र उद्योग, वन पर्यटन तथा वातावरण राज्यमन्त्री प्रकाश रावलले संयुक्त रुपमा अनुगमन गरेका छन् । बुधबार सुदूरपश्चिम प्रदेश स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्धघाटन गर्न महेन्द्रनगर पुगेका मन्त्री सुवेदी र राज्यमन्त्री रावलले संयुक्त रुपमा अस्पतालका अनुगमन गरेका हुन् ।

अस्पताल सुधारका लागि गठित नागरिक सरोकार समूहको पहलमा मन्त्रीद्धारा अनुगमन गरिएको समाजसेवी लिलाध्वज बस्नेतले बताए । बस्नेतको नेतृत्वमा नागरिक सरोकार समूहले पछिल्लो समय सक्रिय रुपमा अस्पताल सुधार कार्य गर्दैँ आएको छ । मन्त्री सुवेदी र राज्यमन्त्री रावलले उपकरण खरिद, अस्पतालमा निर्माणाधीन संरचनाको अनुगमन गरेका थिए ।

अनुगमनका क्रममा असपतालले निर्माण गरिरहेको बिरामी प्रतिक्षालय (कुरुवा घर) मापदण्ड विपरित पाइएको राज्यमन्त्री रावलले बताए । उनका अनुसार निर्माणाधीन कुरुवा घर बिना पिलर निर्माण भैरहेकाले गुणस्तरीय काम गर्न निर्माण पक्षलाई निर्देशन दिइएको छ ।

प्रतीक्षालय निर्माणको जिम्मा पाएको रक्षा निर्माण सेवाले बिना पिलर कमसल खालका निर्माण सामाग्री प्रयोग गरेर संरचना तयार गरिहेको छ । ‘गुण स्तरहीन संरचना निर्माण कार्य रोक्न भनेका छौँ, ठेकेदार र इन्जिनियरलाई बोलाएर गुणस्तरीय काम गर्न निर्देशन दिन्छौँ’ राज्यमन्त्री रावलले भने ।

त्यस्तै राज्यमन्त्री रावलले आगमी आर्थिक वर्षमा महाकाली अस्पतालकाको उपकरण खरिद र संरचना निर्माणका लागि १० करोड बढी बजेट विनियोजन गरिएको बताउँदै बजेटको सही सदुपयोग गर्न अस्पताल प्रशासनलाई निर्देशन समेत दिएका छन् ।

महाकाली अस्पतालमा लामो समयदेखि विकास समिति गठन नहुँदा लथालिङ्ग बनेको सरोकारवालाको भनाइँ रहेको छ । अस्पताल विकास समिति असारभित्रमा नै गठन गरिने सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री सुवेदीले बताए । अस्पताल अनुगमनपछि मन्त्री सुवेदीले विकास समिति चाडैं गठन गरी संस्थागत सुदृढिकरण तथा प्रभावकारी सेवा सम्पादनमा जोड दिइने बताए ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ