२०८१ वैशाख ६, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसुदूरपश्चिम प्रदेशले कोरोना नियन्त्रणका लागि १ करोड ७८ लाख रुपैयाँ माग्यो

सुदूरपश्चिम प्रदेशले कोरोना नियन्त्रणका लागि १ करोड ७८ लाख रुपैयाँ माग्यो

गत वर्ष संचालन गरेको कोषमा १ करोड १२ लाख बचत


धनगढी- सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले दोस्रो चरणको कोरोना नियन्त्रण लागि १ करोड ७८ लाख रुपैयाँ बजेट माग गरेको छ ।

प्रदेशमा कोरोना भाइरसको संक्रमण तथा नियन्त्रणका लागि अस्पताल र स्वास्थ्य कार्यालयहरुका लागि १ करोड ७८ लाख रुपैयाँ बजेट माग गरिएको मन्त्रालयले जनाएको छ ।

सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले आर्थिक मामिला तथा योजना मन्त्रालयसँग अस्पतालहरुको आन्तरिक व्यवस्थापनका लागि १ करोड १९ लाख रुपैयाँ र ९ वटै स्वास्थ्य कार्यालयका लागि थप ५९ लाख रुपैयाँ बजेट माग गरिएको जानकारी दिए ।

उनकाअनुसार सेती प्रादेशिक अस्पतालका लागि ५० लाख रुपैयाँ, महाकाली अस्पतालका लागि २० लाख रुपैयाँ, टीकापुर अस्पतालका लागि १० लाख रुपैयाँ, जिल्ला अस्पताल बैतडी र दार्चुलाका लागि ७/७ लाख रुपैयाँ बजेट माग गरिएको छ भने अन्य जिल्ला अस्पतालका लागि ५/५ लाख रुपैयाँको दरले बजेट मागिएको छ ।

यस्तै, आइसोेलेसन व्यवस्थापनका लागि स्वास्थ्य कार्यालय कैलाली र कञ्चनपुरका लागि १०/१० लाख रुपैयाँ, दार्चुला र बैतडीका लागि ७÷७ लाख रुपैयाँ र अन्य जिल्लाका स्वास्थ्य कार्यालयका लागि ५/५ लाख रुपैयाँ बजेट माग गरिएको मन्त्रालयका प्रवक्ता कार्कीले बताए । मन्त्रालयले शुक्रबार मात्र बजेट माग गरिएको जनाएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारले गत बर्ष कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि प्रदेश सरकारले कोष संचालन गरेको थियो । उक्त कोषमा ४४ करोड २८ लाख ३१ हजार ९ सय ४६ रुपैयाँ जम्मा भएको थियो ।

जसमध्ये ४३ करोड १६ लाख २४ हजार ५ सय ५० रुपैयाँ खर्च भएको सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता मोहनराज जोशीले बताए । उनले भने, कोरोना कोषमा जम्मा भएको रकम मध्ये १ करोड १२ लाख ७ हजार ३ सय ९६ रुपैयाँ बचत रहेको छ ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ