२०७८ भदौ ३१, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशअब बिरामीले उपचार नपाएर मर्नु पर्ने अवस्थाको अन्त्य हुनेछ : भट्ट

अब बिरामीले उपचार नपाएर मर्नु पर्ने अवस्थाको अन्त्य हुनेछ : भट्ट


धनगढी – नेकपा एमालेका नेता लेखराज भट्टले अब बिरामीले उपचार नपाएर मर्नु पर्ने अवस्था अन्त्य हुने बताएका छन् । बुधबार कैलाली उद्योग वाणिज्य संघले आयोजना गरेको सर्वपक्षीय छलफलमा उनले गेटा मेडिकल कलेज सम्पन्न हुने बित्तिकै सुदूरपश्चिमका सबै नागरिकले स्वास्थ्य सेवा पाउने उल्लेख गरे ।

‘गेटा मेडिकल कलेज बन्दैछ। अब प्रदेशमा चिकित्सक अभाव कहिल्यै हुँदैन,’ उनले भने,’अब बिरामीले उपचार नपाएर मर्नुपर्ने अवस्था अन्त्य हुनेछ ।’

नेता भट्टले चाडै गेटा मेडिकल कलेज संचालन गर्ने दावी गरे । ‘हामी चाडै कलेजको संचालन गर्छौं,’ उनले थपे, ‘प्रदेशवासीलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउन लागिरहेका छौँ ।’  उनले गेटा मेडिकल कलेज सुदूरपश्चिमको सम्वृद्धि आधार भएको बताए ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)