२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशसुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रीमा साउँद

सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रीमा साउँद


धनगढी—सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रीमा झपटबहादुर साउँद नियुक्त भएका छन्। मन्त्री साउद अछाम क्षेत्र नम्बर १ को (२) बाट माओवादी केन्द्रका निर्वाचित सांसद हुन।

पदभार ग्रहण पश्चात बोल्दै मन्त्री साउदले सुशासनलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताएका हुन्। उनले आफूले मन्त्रालयको नेतृत्व सम्हाल्दैं गर्दा सुशासनलाई पहिलो जोड दिएको बताए ।

‘जसरी यो देशमा आर्थिक अनयिमितता, भ्रष्टाचारमा भएको छ । त्यसलाई सही दिशानिर्देशमा ल्याउने पहिलो प्राथमिकता हो । सुशासनमा पहिलो जोड दिन्छु,’ उनले भने, ‘यससँगै जनताका आधारभूत स्वास्थ्य सेवा, सामाजिक सेवा, जनताका नैसर्गिक अधिकारलाई व्यवहारिक रुपमा लागू गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’

उनले आम नागरिकलाई पु¥याउनुपर्ने सेवालाई सहज बनाउने, कुनै पनि बिरामी औषधि उपचार गर्नबाट बन्चित हुन नदिने र अकालमै ज्यान गुमाउनबाट बचाउने आफ्नो प्रतिबद्धता रहने विश्वास व्यक्त गरे । उनले शिक्षाको क्षेत्रमा पनि सुधार गर्न जरुरी रहेको बताए।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ