२०८१ साउन १, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशस्वतन्त्र सांसद जोशीले प्रदेशसभामै भने, ‘सेती अस्पताल माफिया अस्पताल’

स्वतन्त्र सांसद जोशीले प्रदेशसभामै भने, ‘सेती अस्पताल माफिया अस्पताल’


धनगढी—सुदूरपश्चिम प्रदेश सरकारको आगामी वर्षको बजेटमाथि छलफलका क्रममा स्वतन्त्र सांसद डा. तारा जोशीले सेती प्रादेशिक अस्पताललाई ‘माफिया अस्पताल’को संज्ञा दिएका छन् । विभिन्न जिल्लाबाट आएका बिरामीहरूले सहज रुपमा उपचार नपाएको भन्दै उनले त्यसलाई ‘माफिया अस्पताल’को संज्ञा दिएका हुन् ।

उनले पटक—पटक अस्पतालका विषयमा प्रश्न उठाउँदा पनि सरकारले चासो नदिएको गुनासो पोखे । सरकारले अस्पतालको स्तरोन्नती गर्दैगर्दा के उद्देश्यका लागि स्तरोन्नती गर्ने भनेर उनले प्रश्न समेत गरे ।

‘अस्पताललाई नाममात्रै गर्ने हो कि सेवा प्रवाहलाई । बच्चाको सबै उपचार सदरमुकाममा रहेको अस्पतालमा हुन्छ भनेर घोषणा गर्न सक्नुहुन्छ ?,’ डा. जोशीले भने, ‘अस्पतालको सेवा सुधार गर्न नसक्ने कापीमा हामी त्यसलाई प्रदेशको अस्पताल बनाउछौं भन्ने । तर, प्रदेशका अस्पतालमा पाउने सेवाको बारेमा नसोध्ने ?’

सरकारले आगामी वर्षको नीति तथा कार्यक्रममा स्थानीय तहका विभिन्न अस्पताललाई स्तरोन्नती गर्ने उल्लेख छ । सरकार आवश्यकभन्दा अनावश्यक विषयमा केन्द्रित रहेको उनको भनाइ थियो ।

प्रदेश सरकारको प्राथमिकतामा परेको चिडियाखाना आवश्यक नरहेको भन्दै उनले भने, ‘बाजुराको कुपोषित बालकलाई लिटो बाँडिरहेको मुख्यमन्त्रीको तस्बिरभन्दा चिडियाखानामा बाघलाई मासु खुवाउँदै गरेको मुख्यमन्त्रीको तस्बिर भाइरल हुने सम्भावना धेरै छ । त्यसैले चिडियाखाना बनाओस् सरकारले ।’

सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका जनता अझै पनि खानेपानीको अभावले पिल्सिरहँदा पनि सरकारले त्योअनुसारको बजेट ल्याउन नसकेको जोशीको गुनासो थियो ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ