२०८१ जेठ ७, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारडडेल्धुरा मेडिकल कलेज सञ्चालन गर्न रणनीतिक योजना बनाएर काम थालिदैं

डडेल्धुरा मेडिकल कलेज सञ्चालन गर्न रणनीतिक योजना बनाएर काम थालिदैं

पहिलो चरणमा १७ जना सहप्राध्यापक र उपप्राध्यापकका लागि विज्ञापन खोलियो


धनगढी—सरकारले घोषणा गरेको डडेल्धुरा मेडिकल कलेज सञ्चालनमा ल्याउन रणनीतिक योजना बनाएर काम अघि बढाइएको छ। मेडिकल कलेजमा स्नातक तह अध्यापनका लागि १७ जना उपप्राध्यापक र सहप्राध्यापकका लागि पदपूर्ति माग गरिएको छ।

सुदूरपश्चिम विश्वविद्यालय स्वास्थ्य विज्ञान संकाय डिनको कार्यालयले एक विज्ञापन प्रकाशित गर्दै माइक्रोबायोलोजीका लागि एक जना सहप्राध्यापक, प्याथोलोजी, एनाटोमी, साइकोलाजी बायोकेमेस्ट्रीका लागि १/१ उपप्राध्यापक तथा फार्मेसी, पब्लिक हेल्थ, फिजोयोथेरापीका र नर्सिङ साइन्सका लागि ३/३ जना उप—प्राध्यापक माग गरेको छ।

मेडिकल कलेज सञ्चालनका लागि सुदूरपश्चिम विश्वविद्यालयको नाममा डडेल्धुराको तुफानडाँडास्थित ८४ रोपनी जग्गा प्राप्त भइसकेको छ। त्यसैगरी, डडेल्धुरा अस्पतालको नाममा दुई सय ३४ रोपनी जग्गा छ। सुदूरपश्चिम विश्वविद्यालयले डडेल्धुरामा स्वास्थ्य विज्ञान संकायको डीनको कार्यालय स्थापना गरेर कलेज निर्माणको प्रक्रिया अघि बढाएको हो।

मेडिकल कलेजका लागि स्वास्थ्य तथा जनसङ्ख्या, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र सुदूरपश्चिम विश्वविद्यालयबीच त्रिपक्षीय सम्झौता भइसकेको छ। अहिले डडेल्धुरा अस्पतालमा उपक्षेत्रीय अस्पतालको १०० शैय्या मात्रै सञ्चालनमा रहेकाले स्नातक तहको मात्रै अध्ययन गर्न सकिने बताइएको छ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ