२०८३ असोज १९, सोमबार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ सुदूरपश्चिममा औषधि तथा स्वास्थ्य सामाग्री भण्डारण भवनको शिलान्यास

सुदूरपश्चिममा औषधि तथा स्वास्थ्य सामाग्री भण्डारण भवनको शिलान्यास


धनगढी—सुदूरपश्चिम प्रदेशमा औषधि तथा स्वास्थ्य सामाग्री भण्डारण भवनको शिलान्यास गरिएको छ । शनिबार कैलालीको गोदावरी नगरपालिका—१ बिजौरामा उक्त औषधि तथा स्वास्थ्य सामाग्री भण्डारण भवनको शिलान्यास सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले गरेका हुन् ।

ग्लोबल फन्डअन्तर्गत सेभ द चिल्ड्रेनको आर्थिक तथा प्राविधिक सहयोगमा औषधि तथा स्वास्थ्य सामाग्री भण्डारण भवनको निर्माण भइरहेको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले जनाएको छ ।

३ करोड २४ लाख रुपैयाँ लागतमा हाई टेक डेभलपर्सले निर्माण गर्न लागेको उक्त औषधि तथा स्वास्थ्य सामाग्री भण्डारण भवनको २०८१ असार ३१ सम्म निर्माण कार्य सम्पन्न गर्नुपर्नेछ ।

सुदूरपश्चिममा आपूर्ति हुने औषधि तथा स्वास्थ्य सामाग्री भण्डारण भवन निर्माणको लागि कैलालीस्थित गोदावरी नगरपालिकाले ७ कट्ठा जग्गा प्रदान गरेको थियो ।

शनिबार गरिएको शिलान्यासमा सामाजिक विकास मन्त्रालयका सचिव चक्रपाणी पाण्डे, गोदावरी नगरपालिका १ का वडाध्यक्षलगायतका अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

सेभ द चिल्ड्रेनले सुदूरपश्चिम प्रदेशको कैलालीको गेटामा र बागमती प्रदेशको मकवानपुरको हेटौंडामा औषधि तथा सामाग्री भण्डारण भवनको एकै साथ टेण्डर गरेको थियो ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ