२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारतीन वर्षदेखि एम्बुलेन्सविहीन महाकाली अस्पतालले अत्याधुनिक एम्बुलेन्स सञ्चालनमा ल्याउने

तीन वर्षदेखि एम्बुलेन्सविहीन महाकाली अस्पतालले अत्याधुनिक एम्बुलेन्स सञ्चालनमा ल्याउने


कञ्चनपुर—महाकाली अञ्चल अस्पतालले अत्याधुनिक एम्बुलेन्स सञ्चालनमा ल्याउने भएको छ । विहिबार कञ्चनपुर क्षेत्र नं. ३ (ख)का सभासद मानबहादुर सुनार, अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशी (बक्सर), कायममुकायम प्रमुख जिल्ला अधिकारी सुशील वैद्य, मेडिकल सुपरिटेन्डेन्ट हरि श्रेष्ठले विधिवध रुपमा उद्घाटन गरी सञ्चालनमा ल्याउन लागेको हो ।

‘पहिले पहाडी जिल्लामा मात्रै भनेको थियो । तर, यहाँ स्थानीय जनताको आवश्यकता र आफूहरुले चुनावमा गरेको प्रतिवद्धता पूरा गर्न पहाडी जिल्लाबाट कटाएर एम्बुलेन्स यहाँ ल्याएका हौं,’ सभासद सुनारले भने । यस क्षेत्रको विकासको लागि सबैले मिलेर हातेमालो गरेर कुनै पनि कार्य असम्भव नरहेको उनले बताए ।

अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशीले केही दिनमै डाक्टरहरु पनि आउन लागेको र त्यसका लागि कुरा चलिरहेको बताए । उनले आफूहरु आईसीयु सञ्चालनको लागि पनि लागिरहेको र छिट्टै महाकाली अञ्चल अस्पताल सुविधा सम्पन्न हुनुको साथै बिरामीहरुले यही राम्रो उपचार पाउने बताए ।

सुदूरपश्चिम प्रदेश सरकारले स्थानीय तहलाई वितरण गरेको आधुनिक एम्बुलेन्स साधारण एम्बुलेन्सभन्दा फरक रहेकाले एम्बुलेन्स चालकलाई बिहीबारदेखि तालिमको लागि धनगढी पठाइएको छ । चालक र स्वास्थ्यकर्मीलाई तालिम दिएपछिमात्रै एम्बुलेन्स सञ्चालनमा आउनेछ । एम्बुलेन्समा अक्सिजन सिलिण्डर, निबुलाइजरलगायतका उपकरण जडान रहेको छ । ‘बी’ प्रकारको आधुनिक एम्बुलेन्समा २२ प्रकारको औषधिसहित उपकरण जडान रहेको छ ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ