२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकैलाली औषधी व्यवसायी संघको अध्यक्षमा जोशी निर्विरोध

कैलाली औषधी व्यवसायी संघको अध्यक्षमा जोशी निर्विरोध


धनगढी-औषधी व्यवसायी संघ कैलालीको प्रथम अधिवेशनबाट अध्यक्षमा जनकराज जोशी निर्विरोध चयन भएका छन् । शनिबार धनगढीमा भएको संघको  अधिवेशनबाट जोशीको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन भएको हो ।

त्यस्तै उपाध्यक्षमा प्रेमराज बिसी, महासचिवमा मधुकर कुश्मी, कोषाध्यक्षमा रमेश पाण्डे, सह-कोषाध्यक्षमा द्वारिकाप्रसाद चौधरी, सचिवमा चन्द्रिकाप्रसाद चौधरी चयन भएको संघले जनाएको छ । सदस्यमा खेमराज भट्ट, चन्द्रबहादुर रावल र ठाकुरप्रसाद चौधरी चयन भएका छन् ।

निर्विरोध निर्वाचित अध्यक्ष जोशीले आफूलाई निर्विरोध हुन साथ सहयोग दिनेहरुलाई धन्यवाद दिंए । ‘नेपाल औषधी व्यवसायी संघ, कैलाली जिल्ला शाखाको प्रथम अधिवेशनबाट सर्वसम्मत रुपमा हामीहरूलाई पूर्ण विश्वास गरि यस क्षेत्रका औषधी व्यवसायीज्यूहरूले जुन जिम्मेवारी दिनु भएको छ, त्यो जिम्मेवारी हामी पूरा गर्नेछौं ।’ उनले  कार्यकाललाई पूर्ण सफल बनाउन सबैको सल्लाहले मार्गनिर्देशन गर्ने बताउँदैं त्यसले नै आफूहरुलाई सफल बनाउने उल्लेख गरे ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ