२०८१ वैशाख ३०, आईतबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशप्रादेशिक जनस्वास्थ्य प्रयोगशाला स्थापना भएको तीन महिनासम्म सेवा सुचारु भएन

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला स्थापना भएको तीन महिनासम्म सेवा सुचारु भएन


कैलाली—सुदूरपश्चिम्मको अस्थायी राजधानी धनगढीमा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला स्थापना गरिएपनि सेवा सुचारु भने हुन सकेको छैन् । संघीय सरकारले ७ वटै प्रदेशमा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा ल्याउन २०७४ सालमै दरबन्दी स्वीकृत गरेको थियो ।

जसअन्र्तगत सुदूरपश्चिममा पनि ११ जनाको दरबन्दी स्वीकृत गर्दै एकजना प्रयोगशाला अधिकृत र एकजना लेखापाललाई प्रादेशिक प्रयोगशालामा खटाएर कार्यालय खोलिएको छ । सुरुमा भवन खोज्नमा ढिलाइ गरिएपनि भाडामा भवन लिएर प्रयोगशाला स्थापना गरेको तीन महिना भैसकेको छ तर अहिलेसम्म प्रशासनिक काम मात्रै भैरहेको छ ।

भाडामा भवन लिएर कर्मचारी व्यवस्थापन भएपनि अहिलेसम्म प्रशासनिक गतिविधि मात्रै अगाडि बढाइएको प्रादेशिक प्रयोगशालाकी प्रयोगशाला अधिकृत अस्मिता सापकोटाले बताइन् । उनले बजेट माग गरिएकाले निकाशा भएलगत्तै सेवा सुचारु गरिने जनाइन् ।

विशेष प्रकृतिका जाँचमा सहजता हुने उद्देश्यले स्थापना गरिएको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाले अहिले प्रयोगशला सञ्चालकलाई सामान्य तालिम उपलब्ध गराउने कार्य अगाडि बढाएको उनले बताइन् । गत वर्ष प्रदेश सरकारले प्रादेशिक प्रयोगशाला स्थापनाका लागि ३० लाख बजेट बिनियोजन गरेको थियो ।

चालु वर्षमा मन्त्रालयसँग प्रयोगशलाले पुँजीगत खर्चतर्फ तीन करोड २३ लाख माग गरिएको छ । माग भएको दुई महिनासम्म बजेट भने पाएको छैन् । तर, प्रयोगशालाका लागि आपूर्ति केन्द्रलाई बजेट पठाइएको सामाजिक विकास मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत नरेन्द्र कार्कीले बताए ।

उनले आपूर्ति केन्द्रसँग समन्वय गर्न परिपत्रसमेत गरिएको जानकारी दिए । झण्डै साढे तीन वर्षको पहलपछि २०७४ सालको कात्तिकदेखि सेती अस्पतालमा क्षेत्रीय प्रयोगशालाको नाम दिएर सञ्चालन गरिएको थियो । तर, नाम क्षेत्रीय प्रयोगशाला भएपनि अस्पतालले आफ्नै प्रयोगशाला मात्रै सञ्चालन गरेको थियो ।

यस वर्ष आफ्नै भवन लिएपनि सेवा सुचारु नहुँदा अहिले सानोतिनो जाँचका लागि पनि परनिर्भर हुनुपर्ने बाध्यता रहेको छ । प्रयोगशालामा आवश्यक उपकरण खरिदको प्रक्रियासमेत अगाडी बढेको छैन् ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ