२०८३ कात्तिक २, आईतबार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ अवैध गर्भपतन गराएको अभियोगमा २ जना पक्राउ

अवैध गर्भपतन गराएको अभियोगमा २ जना पक्राउ


डडेल्धुरामा अवैध गर्भपतन गराएको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा अमरगढी नगरपालिका ५ की २२ वर्षीय ‘हरू’ भनिने हरिना भट्ट र वडा नं. ४ तल्लो खलंगा घर भई हाल अमरगढी नगरपालिका–५ बागबजारका ३६ वर्षीय डम्बरबहादुर रावल रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

अवैध गर्भपतन गरेको अभियोगमा प्राप्त जाहेरी दरखास्तको आधारमा उनीहरूलाई बिहीबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए।

महिलाको परिवारबाट प्रहरीमा जाहेरी परेपछि उनीहरूलाई पक्राउ गरिएको हो। पक्राउ परेका दुबै विवाहित हुन्। पक्राउ परेकी महिलाका श्रीमान वैदेशिक रोजगारीको शिलसिलामा विदेशमा छन्।

डीएसपी न्यौपानेका अनुसार गर्भपतन सम्बन्धी कसुरमा मुद्धा दर्ता गरी डडेल्धुरा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी उनीहरूमाथि अनुसन्धान अगाडि बढाइएको छ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ