२०८१ वैशाख २१, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठटिप्स५० कटेपछि गर्नुहोस् यस्तो खानपान

५० कटेपछि गर्नुहोस् यस्तो खानपान


उमेर बढ्दै जाँदा खानपानमा पनि परिवर्तन गर्न आवश्यक हुन्छ । किनभने उमेर बढ्दै जाँदा मधुमेह, रक्तचाप, सुगरलगायतका धेरै रोगले शरीरलाई सताउन थाल्छ । बुढेसकालले शरीरमा कमजोरी निम्त्याउँछ, जसका कारण एनर्जी लेभल घट्छ । यस बाहेक स्वास्थ्यमा विभिन्न समस्याले समस्या थप्छ । यदि तपाईको उमेर ५० वर्ष नाघेको छ भने तपाईले स्वास्थ्यलाई हानि पु¥याउने खालको खानेकुराको सेवन गर्नुहुँदैन ।

१. पोषक तत्वयुक्त आहार सेवन गर्ने :
५० वर्ष भन्दा माथिका मानिसहरूले फलफूल, सागसब्जी, सम्पूर्ण अन्न, दुब्ला प्रोटिन र कम फ्याट डेयरी उत्पादनहरू जस्ता पोषक तत्वयुक्त आहार खानुपर्छ । यी खानेकुराले शरीरलाई प्रशस्त मात्रामा पोषण मिल्छ र ऊर्जाको कमीको समस्या पनि समाधान हुन्छ । यी खाद्य वस्तुहरूमा आवश्यक भिटामिन र खनिजहरू प्रशस्त हुन्छन्, जसले राम्रो स्वास्थ्य कायम राख्न मद्दत गर्दछ ।

२. नुन र चिनी कम सेवन गर्ने :
नुन र चिनीको अत्याधिक उपभोग वृद्धवृद्धाका लागि खतरनाक साबित हुन सक्छ । धेरै चिनी खाँदा रगतमा चिनीको मात्रा बढ्न सक्छ र मधुमेह हुन सक्छ । बढी नुन खाँदा हृदयाघात, अल्जाइमर, फ्याटी लिभर, उच्च रक्तचाप, मोटोपना र खराब कोलेस्ट्रोलको समस्या हुन सक्छ । वृद्धवृद्धाहरूले आफ्नो आहारमा कम नुन र कम चिनीयुक्त खाना समावेश गर्नुपर्छ ।

३. फाइबरयुक्त आहार सेवन गर्ने :
फलफूल, सागसब्जी र सम्पूर्ण अन्नजस्ता फाइबरयुक्त खानेकुराहरू खाँदा वृद्धहरूलाई दैनिक दिसा गर्न सजिलो हुन्छ र उनीहरूको पेट सफा राख्छ । यसबाहेक, खराब कोलेस्ट्रोलको स्तर घटाउन पनि मद्दत गर्न सक्छ ।

४. हाइड्रेटेड रहने :
बुढेसकालमा शरीरमा पानीको कमीले धेरै गम्भीर परिणामहरू निम्त्याउन सक्छ । त्यसैले आफूलाई हाइड्रेटेड राख्ने प्रयास गर्नुहोस् । पर्याप्त मात्रामा पानी पिउनुहोस् । यदि तपाईं चाहनुहुन्छ भने, तपाईं पानी युक्त फलफूल र तरकारीहरू पनि छनौट गर्न सक्नुहुन्छ ।

५. खानेकुरा कम खाने :
वृद्धवृद्धाहरूले पनि धेरै खानबाट जोगिनु पर्छ । सधैं आफ्नो इच्छा भन्दा अलि कम खाना खानुहोस् । जति खानेकुरा चाहिन्छ त्यति मात्रै खाने गर्नुहोस् । धेरै खानेकुरा खाँदा स्वास्थ्यमा हानि पु¥याउन सक्छ ।
एजेन्सीको सहयोगमा


क्याटेगोरी : टिप्स



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ