२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठटिप्सपसिना र धुलोका कारण पिम्पल बढ्न नदिन यसरी राखौँ अनुहारको ख्याल

पसिना र धुलोका कारण पिम्पल बढ्न नदिन यसरी राखौँ अनुहारको ख्याल


पिम्पल जुनसुकै उमेरका मानिसलाई आउन सक्छ । विशेषतः गर्मीको समयमा या अझै बढ्ने हुन्छ । पिम्पल हुनुका पछाडी विभिन्न शारीरीक, मानसिक तथा वातावरणीय कारणहरु छन् । यसले छालामा दिने दागले हामीलाई असहज महशुस गराउँछ ।

लामो समयसम्म अनुहारमा पसिना आउनु – गर्मीमा प्रायः घाममा निस्कँदा पसिना आउन थाल्छ र अनुहारमा लामो समयसम्म पसिना रहिरहँदा छालामा जलन हुन्छ र धेरै समस्या निम्त्याउँछ । अर्कोतर्फ, जसको छाला एक्ने छ वा जो एक्नेको उच्च जोखिममा छन्, उनीहरूलाई पसिनाको कारण धेरै चाँडो यो समस्या हुन्छ ।

छिद्र अवरुद्ध हुँदा– गर्मीमा घरबाट बाहिर निस्कँदा प्रायः पसिना र धुलो अनुहारमा जम्मा हुन्छ । जसका कारण छिद्रहरु बन्द हुन थाल्छन् । छाला भित्र तेल बढी हुन्छ । जसका कारण पिम्पल हुन थाल्छ । यस्तो अवस्थामा जसको छाला बढी ओइली हुन्छ उनीहरुलाई पिम्पल्सको समस्या बढ्छ ।

बारम्बार अनुहार धुने– गर्मीको मौसममा मानिसहरु बारम्बार फेस वास गर्न थाल्छन् । यसो गर्दा छालामा पिम्पलको समस्या पनि हुन सक्छ । अनुहार धुँदा छालामा थप सुख्खापन आउँछ । जसका कारण छालामा पिम्पल देखिन थाल्छ ।

लामो समय घाममा बस्नु– लामो समय घाममा बस्दा पनि पिम्पल्सको समस्या हुन्छ । जब पसिना निस्कन्छ, त्यसमा फोहोर पनि जम्छ र छालाले यो फोहोर सजिलै सोस्छ, जसका कारण एक्ने निस्कन्छ ।

गर्मीमा अनुहारको हेरचाह कसरी गर्ने ?
-अनुहारलाई भित्रैदेखि सफा राख्न स्क्रबिङ गर्नुपर्छ । यसका लागि घरेलु सामानहरूसँग पनि स्क्रब गर्न सकिन्छ ।

-यदि फेसवाशले बारम्बार आफ्नो अनुहार सफा गर्ने बानी छ भने पनि यो छालाको लागि कठोर साबित हुन सक्छ । छालाको जलन यसबाट सुरु हुन्छ ।

-गर्मीमा पसिना हटाउन टिस्यु पेपरको प्रयोग गर्नु उपयुक्त हुन्छ । यसले छालामा भएको तेल र पसिना दुवै निस्कन्छ ।
पर्याप्त मात्रामा पानी पिउने ।

-बारम्बार अनुहार धुनुको सट्टा बाहिरबाट आएको वा छाला धुलो माटोको सम्पर्कमा आएपछि मात्र मुख धुने गर्ने

एजेन्सीको सहयोगमा


क्याटेगोरी : टिप्स



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ