२०८१ वैशाख २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठटिप्ससन्तुलित खानामा समावेस गर्नुपर्ने ५ तत्वहरू

सन्तुलित खानामा समावेस गर्नुपर्ने ५ तत्वहरू


समयजस्तो भएपनि मानव शरीरको लागि सन्तुलित खाना एकदमै जरुरी हुन्छ । जति सन्तुलित खाना खान्छौं, त्यति नै शरीरलाई उर्जा मिल्छ र शरीर स्वास्थ्य रहन्छ ।

सन्तुलित खानाले हामीलाई हुन सक्ने विभिन्न रोगबाट बचाउँछ । खानालाई मिलाएर खान जानिएन भने यसले बेफाइदा पनि गर्छ । जस्तैः पेट फुल्ने वा पेटमा गडबडी भएर पखाला लाग्ने वा विभिन्न रोगहरुसमेत लाग्न सक्छन् । यस्ता रोगबाट बच्न हामीले खाने खानामा विभिन्न तत्वहरु सामेल गर्नुपर्छ ।

१. प्रोटिन
शरीरमा भरपूर उर्जा हुनका लागि प्रोटिन धेरै खान जरुरी छ । जस्तैः फलफुल र दालहरुबाट पर्याप्त प्रोटिन प्राप्त गर्न सकिन्छ । यसले प्रतिरक्षा प्रणालीलाई बलियो पनि बनाउँछ ।

२. पोटासियम
धेरै गर्मीले पसिना आउँदा शरीरमा पोटासियमको कमी हुन्छ । जसकारण शरीरमा थकान र कमजोरी महसुस हुन्छ । पोटासियमको कमी पूरा गर्नको लागि केरा, बिन्स, ब्रोकाउली, एभोकाडो, दाल र सुकेको फल किसमिस खानामा समावेश गर्न सकिन्छ ।

३. भिटामिन ‘सी’
भिटामिन ‘सी’ ले छालालाई स्वस्थ राख्न र प्रतिरक्षा प्रणालीलाई स्वस्थ राख्नमा ठूलो भूमिका खेल्छ । गर्मी र घाममा मानिसको छालाले परा बैगनी किरणको सामना गर्नुपर्ने हुन्छ । भिटामिन ‘सी’ले शक्तिशाली एन्टीअक्सिडेन्टका रुपमा काम गर्छ । जसले छालालाई नोक्सान हुनबाट बचाउँछ । भिटामिन ‘सी’मा स्ट्रेबेरी, आलु, कागती, किवी आदि पर्छ ।

४. पानी
पानी पनि शरीरको लागि जरुरी पोषकतत्वहरुमध्ये एक हो । गर्मीमा हाइड्रेड रहन एकदम जरुरी हुन्छ । हाइड्रेड बिना शरीरमा स्वास्थ्यसँग सम्बन्धित समस्या र टाउको दुखाइ हुन सक्छ । पर्याप्त पानीले धेरै समस्याबाट छुटकारा दिन्छ । साथै छालाको स्वास्थ्य पनि राम्रो हुन्छ ।

५. म्याग्नेसियम
म्याग्नेसियमले मांशपेशी र स्नायुलाई स्वस्थ राख्न र उचित कार्यको लागि महत्वपूर्ण पोषक तत्व हो । यसले शरीरमा तरल पदार्थको सही सन्तुलन कायम राख्न आवश्यक इलेक्ट्रोलाइटको रुपमा काम गर्दछ ।


क्याटेगोरी : टिप्स



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ