२०८१ वैशाख २८, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठयोगपाचन प्रणालीका लागि लाभदायक योगासन

पाचन प्रणालीका लागि लाभदायक योगासन


शरीरलाई स्वस्थ र फिट बनाइ राख्नका लागि पाँच अंग स्वस्थ रहन धेरै आवश्यक मानिन्छ । भोजन पाचनदेखि लिएर पोषक तत्वहरुको अवशोषणसम्मका लागि यी अंगहरुको विशेष भूमिका रहन्छ । यस्तोमा पाचन अंगहरुको स्वास्थ्यको ख्याल राख्न धेरै आवश्यक हुन्छ । स्वास्थ्य विशेषज्ञहरु यसका लागि दिनचर्यामा योगासनलाई समावेस गराउनाले धेरै नै लाभदायक हुन सक्ने बताउँछन् ।

योगले पाचन स्वास्थ्यलाई राम्रो बनाइराख्न मात्र नभएर साथै पेटको मांसपेशीहरुलाई सन्तुलन गर्न र पेटबाट अतिरिक्त फ्याटलाई कम गर्नमा पनि प्रभावकारी हुन्छ । नियमित रुपमा दिनचर्यामा कुनै प्रकारको योगासनलाई समावेस गरेर जिम नगए पनि आफनो पेटका मासपेशीहरुलाई सन्तुलन गर्न सकिन्छ । कुनै योगासनहरुको अभ्यासले शारीरिक मानसिक दुवै प्रकारको स्वास्थ्यलाई राम्रो बनाई राख्नमा प्रभावकारी भएको पाइएको छ । स्वास्थ्य विशेषज्ञ सानो उमेरदेखि नै दिनचर्या बनाएर भविष्यमा हुने धेरै प्रकारका स्वास्थ्य समस्याहरुको खतराबाट सुरक्षित रहन सकिने बताउँछन् ।

नौकासन योग

नौकासन योग पेटको मांसपेशीहरुलाई मजबुत गर्नमा सहयोगी छ । हात, जाँघ, काँधहरुका मांसपेशीलाई शक्ति दिनुका साथसाथै पेटका सबै अंगहरुलाई विशेष गरी कलेजो, प्यान्क्रियाज र मिर्गौैला स्वास्थ्यमा सुधार गर्नमा पनि यो योगभ्यासले लाभ पु¥याउँछ ।

नौकासन गर्ने बानीले डायबटिजमा पनि लाभकारी हुन सक्छ । यसले सुगरको स्तरको रक्तको प्रवाहमा पनि नियन्त्रण गर्नमा सहयोग गर्छ ।

धनुरासन

पेटका मांसपेशीहरुको स्ट्रेचिङ गर्न र पाचन प्रक्रियामा सुधार गर्नमा धनुरास योगाभ्यास लाभकारी हुन सक्छ । यो योगाभ्यासले खुट्टा, तिघ्रा, छाती, घाँटी र काँधहरुको बलमा सुधार गर्छ । पेटलाई सन्तुलन गर्न र अतिरिक्त फ्याटलाई कम गर्नमा यसका कारण हुने स्वास्थ्य समस्याहरुको जोखिमलाई कम गर्नमा पनि धनुरासन योगाभ्यासको बानीले लाभ मिल्न सक्छ । श्वास क्षमतामा सुधारका लागि पनि यो योगबाट लाभ पाउन सकिन्छ ।

उत्तासन

उत्तासन योग दैनिक योग अभ्यासको सूचीमा सामेल गर्नमा धेरै प्रकारका लाभ छन् । यस अभ्यासबाट शारीरिक मुद्रामा सुधार गर्नमा सहयोग मिल्छ । यो योगको अभ्यासको समयमा अगाडितर्फ झुक्नाले पेटमा दबाव बढ्छ नै पछाडिको भागको समस्या र घाँटीको समस्यालाई टाढा गर्नुको साथै शरीरको लचिलोपनलाई बढाउनमा सहयोग मिल्छ ।


क्याटेगोरी : योग



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ