२०८१ जेठ २, बुधबार
Health Aawaj logo
गृहपृष्ठयोगढाड दुख्ने समस्याबाट हैरान हुनुहुन्छ ? गर्नुहोस् यी योग

ढाड दुख्ने समस्याबाट हैरान हुनुहुन्छ ? गर्नुहोस् यी योग


रोगलाई जराबाट हटाउन योग नै उत्तम उपचार हो । तपाईंले शरीरमा दैनिक हुने सामान्य समस्याहरूलाई बेवास्ता गर्नुहुन्छ । त्यसपछि शरिरको समस्याले ठूलो रोगको रूप लिन्छ । यस्तो अवस्थामा नियमित योग गर्नाले रोगबाट टाढा रहन सकिन्छ । अर्कोतर्फ, यदि तपाईं शरीरको दुखाइसँग सम्बन्धित समस्याहरूसँग संघर्ष गर्दै हुनुहुन्छ भने, कुनै पनि प्रकारको पेन किलरले तपाईंलाई केही घण्टाको लागि मात्र राहत दिन सक्छ । योगले शारीरिक पीडालाई क्रमशः कम गर्ने र त्यसपछि हटाउने काम गर्छ ।

यदि तपाईलाई ढाड दुख्ने समस्या छ र बस्न र उभिन समस्या भइरहेको छ भने, तपाईले योग गरेर ढाड दुख्ने समस्याबाट छुटकारा पाउन सक्नुहुन्छ । अधिकांश महिलालाई ढाड दुख्ने समस्या हुन्छ । लामो समयसम्म उभिँदा उठ्न र बस्न गाह्रो हुन्छ । यस्तो अवस्थामा महिलाका लागि केही योग निकै उपयोगी हुन्छ ।

भुजंगासन
भुजंगासन ढाड दुखाइ कम गर्न धेरै प्रभावकारी छ । यस आसनमा शरीरको आसन सर्पको हुण्डाको जस्तै हुन्छ । भुजंगासन गर्न भुइँमा पेट राखेर सुत्नुहोस् । अब खुट्टालाई एकसाथ जोड्नुहोस् र हत्केलाहरूलाई छातीको छेउमा काँधसँग मिलाएर राख्नुहोस् । आफ्नो निधार भुइँमा राखेर शरीरलाई सहज बनाउनुहोस् । त्यसपछि गहिरो सास लिएर शरीरको अगाडिको भागलाई माथि उठाउनुहोस् । आफ्नो दुवै हात सीधा राख्नुहोस् । लगभग १०–२० सेकेन्डको लागि यो आसनमा रहनुहोस् । त्यसपछि, श्वास छोड्दा, सामान्य मुद्रामा फर्कनुहोस् ।

शलाभासन
शलभासन पनि पेटमा सुतेर गर्नुपर्छ । यसमा पेटको बलमा म्याटमा सुतेर दुवै हत्केलालाई तिघ्राको मुनि राख्नुहोस् । त्यसपछि दुवै खुट्टाको घुँडा जोडेर खुट्टाको औंलालाई सीधा राख्नुहोस् । अब बिस्तारै आफ्नो खुट्टा उठाउने प्रयास गर्नुहोस् । दुवै खुट्टालाई माथितिर सार्दै गहिरो सास लिनुहोस् । केहि सेकेन्डको लागि यो स्थितिमा रहनुहोस् र त्यसपछि सास फेर्दै खुट्टा तल ल्याउनुहोस् ।

उस्ट्रासन
उस्त्रासन गर्नका लागि सबैभन्दा पहिले घुँडा टेकेर बस्नुहोस् । अब दुवै घुँडाको चौडाइ काँध बराबर राख्नुहोस् र पैतालालाई आकाशतिर फैलाएर राख्नुहोस् । मेरुदण्डलाई पछाडि झुकाउँदा, दुवै हातले खुट्टा छुने प्रयास गर्नुहोस् । ध्यान दिनुहोस् कि यस पोजमा जाँदा घाँटीमा धेरै दबाब हुनु हुँदैन र कम्मरदेखि घुँडासम्मको भाग सीधा रहनुपर्छ । यस अवस्थामा रहनुहोस् र गहिरो सास लिनुहोस् । केही समयपछि सामान्य अवस्थामा फकिनुहोस् ।

यी तीन आसन नियमित रूपमा गर्नुहोस् । हरेक दिन पाँच मिनेट यो योग गर्नाले छिट्टै फाइदा हुनेछ ।

अमरउजालाबाट भावानुवाद


क्याटेगोरी : योग



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ