२०८१ जेठ ६, आईतबार
Health Aawaj logo
गृहपृष्ठयोगकपाल झर्ने समस्याको लागि लाभदायी योगासन

कपाल झर्ने समस्याको लागि लाभदायी योगासन


धेरै मानिसको कपाल धेरै कमजोर र पातलो हुन्छ । उमेरसँगै कपालको रंग पनि कम हुन थाल्छ । यसको कारण बिग्रिएको जीवनशैली र खानपानमा पोषणको कमी हो । कुनै पनि मानिसलाई सुन्दर देखाउने एउटा पाटो उसको कपाल हो । त्यसैले पनि महिला र पुरुष दुवैलाई कालो र बाक्लो कपाल मन पर्छ । तर कपालकै समस्याले मानिसलाई चिन्तित बनाउने गर्छ ।

केही व्यक्तिको कपाल कम झर्छ । तर केही व्यक्तिको भने सानै देखि धेरै कपाल झर्ने समस्या हुन्छ । कपाल झर्न कम गर्न विभिन्न थरीका महँगो हेयर केयर प्रोडक्ट प्रयोग गर्छन् । केमिकल उत्पादनहरू कपाल सेतो हुनबाट रोक्न वा कपाल झर्ने कम गर्न स्थायी समाधान होइन । यिनीहरुको अत्याधिक प्रयोगले पनि हानि पुर्याउन सक्छ । यस्तो अवस्थामा केही घरेलु उपाय अपनाएर कपाललाई कालो र बाक्लो बनाउन सकिन्छ ।

कपाल स्वास्थ राम्रो बनाउन सबैभन्दा पहिले जीवनशैली र आहारमा सुधार गर्नुहोस् । केही योगासन गर्ने बानी बसाल्नुहोस् । कपाल झर्ने समस्याबाट पीडित व्यक्तिहरूले केही विशेष योग आसनहरू गर्न सक्छन् ।

शिर्षासन

शिर्षासन अभ्यास गर्नाले टाउकोमा रगत प्रवाहमा सुधार हुन्छ । र कपालको वृद्धिमा सुधार गर्न सकिन्छ । जसको कपाल झरिरहेको छ । निर्जीव भएको छ वा कपाल पहेंलो भएको छ, उनीहरुले शिर्षासन अभ्यास गर्नुपर्छ । तनाव कम गर्न पनि यो अभ्यास गर्न सकिन्छ । यो आसन गर्न दुबै हातलाई पछाडि लैजादै भुइमा राख्नुहोस् । हातको साहायताले बिस्तारै टाउको भुइँमा टेकाउनुहोस् । खुट्टालाई माथितिर लैजानुहोस् । अब खुट्टालाई जति सक्नुहुन्छ बेर्नुहोस् । टाउकोलाई भुँइमा टेकाउँदा सन्तुलन कायम राख्नुहोस् । र शरीरलाई सिधा राख्नुहोस् ।

बालासन

पेटको समस्या र तनावका कारण कपाल झर्ने गर्छ । बालासनको अभ्यास गर्नाले पेटसम्बन्धी समस्या र तनावबाट छुटकारा पाउन सकिन्छ । तसर्थ बालासन कपालको वृद्धि र मोटो बनाउन लाभदायक हुन्छ । यो आसन गर्नका लागि भुइमा घुँडा टेकेर वज्रासन आसनमा बस्नुहोस् । अब गहिरो श्वास लिँदा हातलाई माथितिर लैजानुहोस् । त्यसपछि श्वास छोड्दा शरीरलाई अगाडि झुकाउनुहोस् । यस अवस्थामा टाउकोलाई भुइँमा र पेटलाई तिघ्रामा राख्नुहोस् । र हातलाई पनि भुइँमा राख्नुहोस् ।

त्रिकोनासन

यदि समय भन्दा पहिले कपाल सेतो हुन्छ । कपाल सुख्खा हुन्छ । र कपाल धेरै झर्दा पातलो देखिन्छ भने त्रिकोनासन अभ्यास गर्नुहोस् । यो आसन गर्नका लागि दुवै खुट्टालाई केही दूरीमा राखेर उभिनुहोस् । अब हात र काँधलाई माथि उठाउनुहोस् । तिनीहरूलाई सीधा राखेर दायाँ तिर झुकेर दाहिने हातले खुट्टा छुनुहोस् । यस समयमा बायाँ हात आकाश तिर उठाउनुहोस् । अर्को पक्षबाट यो प्रक्रिया दोहोर्याउनुहोस् ।

उत्तानासन

उत्तानासनको नियमित अभ्यासले कपालको समस्या कम गर्न सकिन्छ । यो आसन गर्न भुइँमा सीधा उभिनुहोस् । अब लामो श्वास लिनुहोस् । दुबै हातहरू माथितिर लैजानुहोस् र श्वास छोड्नुहोस् । त्यसपछि हातहरू तल जमिनतिर लैजानुहोस् । र खुट्टाको औंलाहरू छुने प्रयास गर्नुहोस् ।

नोटः यो लेख योगगुरुको सुझावको आधारमा तयार गरिएको हो । आसनको सही स्थिति बारे जान्नको लागि एक विशेषज्ञलाई सम्पर्क गर्न सक्नुहुन्छ ।

–एजेन्सीको सहयोगमा


क्याटेगोरी : योग



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ