२०८१ वैशाख २४, सोमबार
Health Aawaj logo
गृहपृष्ठयोगगठिया बाथ रोगको दुखाई कम गर्न सकिने योगासन

गठिया बाथ रोगको दुखाई कम गर्न सकिने योगासन


गठिया बाथ रोग एक यस्तो रोग हो । जसको उपचार अहिलेसम्म पत्ता लागेको छैन। । यो रोग पूर्ण रूपमा निको हुन सक्दैन तर यसका उपचारबाट अवश्य राहत पाउन सकिन्छ । यसका लागि सही औषधी सेवन गर्ने र योगा गर्ने गर्नुपर्छ । जीवनशैलीले पनि महत्त्वपूर्ण भूमिका खेल्छ ।

यसलाई अङ्ग्रेजीमा रुमेटोइड आर्थराइटिस भनिन्छ । रुमेटोइड गठिया एक स्वतः प्रतिरक्षा रोग हो । जसमा जोर्नीहरू कमजोर हुन्छन् । शरीरलाई सङ्क्रमणबाट बचाउनुको सट्टा प्रतिरक्षा प्रणालीले आफ्नै तन्तुहरूमा आक्रमण गर्न थाल्छ । यस रोगमा जोर्नी दुख्ने र सुन्निने हुन्छ । जसका कारण हिँडडुल गर्न समस्या हुन्छ । यो रोगको कुनै उपचार छैन ।

तर यसको लक्षणलाई औषधिको सहायताले कम गर्न सकिन्छ । योगले रुमेटोइड गठियाका लक्षणहरू नियन्त्रण गर्न पनि मद्दत गर्छ । यहाँ यास्ता योगको बारेमा बताइएको छ । जसको मद्दतले रुमेटोइड गठियाको लक्षणहरूलाई नियन्त्रण गर्न सकिन्छ ।

भुजंगासन


यो आसनले छाती, मेरुदण्ड र काँधलाई बलियो बनाउँछ । यो आसनले घुँडाको दुखाइबाट पनि राहत दिलाउँछ । तर ढाडमा चोट लागेको छ वा हातमा कुनै समस्या छ भने यो आसन नगर्नुहोस् । सबैभन्दा पहिले भुईँतिर फर्केर सुत्नुहोस् । यसपछि आफ्नो दुवै हातको हत्केला आफ्नो छातीको छेउमा राख्नुहोस् । बिस्तारै श्वास फेर्दै हातको सहायताले टाउको र छाती माथि उठाउनुहोस् । १५–२० सेकेन्ड पछि बिस्तारै श्वास छोड्नुहोस् र पहिलाको स्थितिमा आउनुहोस् ।

वृक्षासन

यो आसनले ढाड र खुट्टाको मांसपेशीलाई बलियो बनाउँछ । तर रक्तचाप कम छ वा खुट्टामा चोट लागेको छ भने यो आसन नगर्नुहोस् ।
आफ्नो खुट्टा सँगै जोडेर सिधा उभिनुहोस् । बिस्तारै एउटा खुट्टा उठाउनुहोस् र अर्को खुट्टाको तिघ्रामा छेउमा राख्नुहोस् ।यसपछि बिस्तारै दुवै हात टाउको माथि उठाउनुहोस् र दुवै हत्केला जोड्नुहोस् ।१५–२० सेकेन्ड पछि सामान्य स्थितिमा आउनुहोस् ।

त्रिकोनासन


यो आसनले मेरुदण्ड र हिपको लचिलोपन बढाउँछ । तर उच्च रक्तचाप, कम्मर वा घुँडामा कडा दुखाई छ भने यो आसन नगर्नुहोस् । दुवै खुट्टाको बिचमा दुरी राखेर उभिनुहोस् । यसपछि एउटा खुट्टालाई बाहिर घुमाउनुहोस् । बिस्तारै तलतिर झुकेर एउटा हाते खुट्टामा राख्नुहोस् र अर्को हात हावामा सीधा माथि राख्नुहोस् । १५–२० सेकेन्ड पछि यी सबै चरणहरू अर्को खुट्टाबाट पनि गर्नुहोस् ।

नोट: यो लेख योग गुरुहरूको सुझावको आधारमा तयार गरिएको हो । सही मुद्रा स्थिति बारे जान्न कुनै पनि योग विशेषज्ञलाई सम्पर्क गर्न सक्नुहुन्छ ।

-एजेन्सीको सहयोगमा


क्याटेगोरी : योग



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ