२०८१ वैशाख २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठयोगरक्तसञ्चार प्रक्रियालाई सन्तुलन राख्ने योगासन

रक्तसञ्चार प्रक्रियालाई सन्तुलन राख्ने योगासन


शरीर स्वस्थ राख्नको लागि व्यक्तिको रगतको प्रवाह पनि सही मात्रामा हुनु पर्छ । जीवन जिउनको लागि अक्सिजनको मात्र होइन शरीरको रक्तसञ्चार पनि सही हुनु आवश्यक छ । जीवनशैली परिवर्तन गर्ने बित्तिकै उसको ब्लड सर्कुलेशन पनि परिवर्तन भएको हुन्छ । रक्त सञ्चारमा केही सुधार ल्याउन दैनिक रुपमा खाने खानाको परिवर्तनले मात्रै पनि पुग्दैन । यसका लागि योग अभ्यासको पनि उत्तिकै महत्त्व छ । योगासनहरु धेरै प्रकारका छन् । आज हामीले रक्त सञ्चारको प्रक्रियालाई सन्तुलनमा गर्ने हनुमानासनको बारेमा चर्चा गरेका छौँ ।

हनुमानासन एक विशेष योग आसन हो । जसले शरीरको प्रमुख मांसपेशीहरूलाई तन्काउने काम गर्दछ । हनुमानासनलाई भगवान् हनुमानको नामबाट नामकरण गरिएको हो र अङ्ग्रेजीमा यसलाई “मन्की पोज“ भनिन्छ । हनुमानासनलाई खेलकुदमा भाग लिने मानिसहरूले स्ट्रेचिङ एक्सरसाइजको रूपमा पनि अभ्यास गर्ने गर्छन् ।

हनुमानासन गर्ने विधि

हनुमानासन गर्नका लागि जमिनमा योगा म्याट बिछ्याइ घुँडाको सहारामा  उभिनुहोस् । त्यसपछि गहिरो सास लिनुहोस् र आफ्नो हातको औँलाहरू घुँडाको अगाडि भुईँमा राख्नुहोस् । अब आफ्नो दाहिने खुट्टा उठाएर दुवै हातको बिचमा राख्नुहोस् र घुँडा तपाईँको छाती नजिक आउनेछ ।  अब, कम्मरलाई तल थिचेर, देब्रे खुट्टालाई अलि–अलि पछाडि सार्नुहोस् र दाहिने खुट्टालाई अगाडि सार्दै जानुहोस् ।

यस अवस्थामा तपाईँको बायाँ खुट्टाको घुँडा र तपाईँको दाहिने खुट्टाको तिघ्राले म्याट छुन सुरु गर्नेछ । अब गहिरो श्वास लिनुहोस् र त्यसपछि बिस्तारै सामान्य अवस्थामा फर्कनुहोस् ।

शरीरको कुनै भागमा घाउ चोट लागेका व्यक्ति, गर्भवती तथा महिनावारी भएका महिला र रक्तचाप सामान्य भन्दा कम वा उच्च भएका व्यक्तिले  यो योग गर्नु अघि चिकित्सकसँग सल्लाह लिनुपर्छ ।

नोट: यो लेख योग गुरुहरूको सहयोगमा तयार पारिएको हो । यदि तपाईँलाई यो अभ्यास गर्न कुनै प्रकारको समस्या भइरहेको छ भने अनुभवी योग प्रशिक्षकलाई सम्पर्क गर्नुहोस् ।

–एजेन्सीको सहयोगमा 


क्याटेगोरी : योग



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ