२०८३ असोज १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठ ∕ विश्व ∕ चीनमा ड्रयागन फ्रुट्समा कोभिड देखिएपछि सुपरमार्केट बन्द

चीनमा ड्रयागन फ्रुट्समा कोभिड देखिएपछि सुपरमार्केट बन्द


कोरोनाको ओमिक्रोन भेरियन्ट यसपटक धेरै खतरनाक हुँदै विश्व सामु आएको छ । यसले लगभग सबै देशलाई आक्रान्त पारेको छ । सार्वजनिक भएका सबै भेरियन्टमध्ये कुनै पनि खाद्यवस्तुमा कोरोना संक्रमणको प्रमाण भने फेला परेको छैन । तर, हालैमा चीनको ड्रयागन फ्रुटमा पनि संक्रमण पुष्टि भएको खबर बाहिरिएको छ।

रिपोर्टका अनुसार चीनको झेजियाङ र जियाङ्सी प्रान्तका नौ सहरमा फलफूलको परीक्षणमा कोरोना भाइरसको पुष्टि भएको हो । यसपछि फलफूल खरिद गर्नेलाई पनि क्वारेन्टाइनमा बस्न निर्देशन दिइएको छ । यसका साथै विदेशबाट आउने खाद्यवस्तुको पनि अनुसन्धान थालिएको छ ।

यी ड्रयागन फलहरू भियतनामबाट आउँछन्। यो खबर सार्वजनिक भएपछि चीनका धेरै सुपरमार्केट बन्द गरिएका छन् ।

ड्रयागन फ्रुट्सना कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि चीनले भियतनामबाट ड्र्यागन फ्रुट आयातमा २६ जनवरीसम्म प्रतिबन्ध लगाएको छ । गत साता चीनमा ड्र्यागन फ्रुटमा कोरोना भाइरस भेटिएको पुष्टि भएको थियो । चीनको शी’आन सहरमा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि त्यहाँ पहिलेदेखि नै लकडाउन गरिएको छ । यसपछि युझु सहरमा लकडाउन लगाइएको छ ।

-एजेन्सी


क्याटेगोरी : विश्व



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ