२०८१ असार २, शनिबार
Health Aawaj logo
गृहपृष्ठविश्वअमेरिकाको एक अस्पतालमा गोली चल्दा ५ जनाको मृत्यु

अमेरिकाको एक अस्पतालमा गोली चल्दा ५ जनाको मृत्यु


अमेरिकास्थित ओक्लाहोमाको एक अस्पतालमा गोली चल्दा ५ जनाको मृत्यु भएको छ। सेन्ट फ्रान्सिस अस्पतालको कम्प्लेक्समा गोली प्रहार गर्ने सहित पाँच जनाको मृत्यु भएको तुलसा प्रहरीले जनाएको छ ।

घटना स्थानीय समय अनुसार साँझ ६ बजे भएको हो ।

राइफल बोकेका एक व्यक्तिको गोली प्राहारबाट केहि घाइते समेत भएका छन्। सोहीक्रममा गोली लागेर घाइते भएकाहरुलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।

तर, गोली प्रहार गर्नेको मृत्यु कसरी भयो भन्ने खुल्न सकेको छैन । सञ्चारमाध्यमका अनुसार गोली हानेपछि बन्धुकधारी व्यक्तिले आफूलाई गोली हानेका छन् । पुलिस अधिकारीहरूले अब नताली मेडिकल भवनको प्रत्येक कोठा जाँच गरिरहेका छन्। गोली प्रहार गर्नेको अहिलेसम्म पहिचान हुन सकेको छैन ।


क्याटेगोरी : विश्व



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ