२०८१ जेठ ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठविश्वयुक्रेन युद्धमा ६ डाक्टर मारिए, १३ वटा भन्दा बढी अस्पताल ध्वस्त

युक्रेन युद्धमा ६ डाक्टर मारिए, १३ वटा भन्दा बढी अस्पताल ध्वस्त


कीभ—युक्रेन युद्धमा हालसम्म ६ जना डाक्टर मारिनुका साथै १३ वटाभन्दा बढी अस्पताल ध्वस्त भएका छन्। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीकी श्रीमती एवं युक्रेनकी फर्स्ट लेडी ओलेना जेलेन्स्काले आफ्नो सामाजिक संजाल फेसबुकमार्फत उक्त जानकारी दिएकी हुन्।

उनले युक्रेन युद्धमा फ्रन्टलाइनमा रहेर उपचार गरिरहेका डाक्टरहरुलाई सम्बोधन गर्दै भनेकी छिन्, ‘सबै चिकित्सकहरुलाई नमन १ तपाईहरुले बचाएको हरेक जीवन युक्रेनको जीत हो। हामी एक अर्कालाई बचाएर बलियो छौं।’

रुसले निरन्तर आक्रमण गरेर नागरिकको ज्यान लिइरहँदा पनि अनातोली बोरिसोविचजस्ता डाक्टरहरुले धेरैको जीवन बचाइरहेको उनले बताइन । उनले युद्धमा मारिएका एक डाक्टरको तारिफ गर्दै भनेकी छिन्, ‘अनातोलीलाई सच्चा डाक्टर थिए। युद्ध सुरु हुँदा उनले आफ्नो कार्यस्थल र बिरामीलाई छाडेनन्। त्यही उनको मृत्यु भयो। उनको सहकर्मीले कार्यस्थल प्रांगणमा शव गाडे।’

अनातोली मरियुपोलको बाल सरुवा रोग विभागको नेतृत्व गरिरहेका थिए । दक्षिण तटीय सहर मरियुपोल रुसको युक्रेन आक्रमणमा सबैभन्दा बढी प्रभावित भएको सहर हो । अहिले पनि मरियुपोलका मध्यभागमा भिषण लडाइहरु जारी रहेका छन् ।

युक्रेनका स्वास्थ्यमन्त्री भिक्टर ल्यास्पोका अनुसार युक्रेनमा अहिले १ सय ७६ जना विदेशी डाक्टरहरुले सेवा दिइरहेका छन्। उनले युद्धको विभिषिकाबीच फ्रन्टलाइनमा रहेर बिरामीको सेवामा डटिरहेका चिकित्सकहरुलाई सम्मान गरेका तस्विरहरु समेत पोष्ट गरेका छन् ।


क्याटेगोरी : विश्व



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ