२०८१ जेठ ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठविश्वभेरिएन्ट ‘एक्सइ’ १० गुणा बढी खतरनाक, यी हुन् १० लक्षण

भेरिएन्ट ‘एक्सइ’ १० गुणा बढी खतरनाक, यी हुन् १० लक्षण


कोभिड-१९को नयाँ भेरियन्ट ‘एक्सइ’ बेलायतमा तीव्र गतिमा फैलिरहेको छ । जसलाई लिएर विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले पनि चेतावनी दिएको छ । एक्सइ भेरियन्ट ओमिक्रोन भेरियन्टको दुईवटा सब-भेरिएन्ट बीए.१ र बीए.२ मिलेर बनेको छ। यो नयाँ भेरियन्ट पहिला देखिएका भन्दा १० गुणा छिटो शिकार बनाउँछ।

बेलायतको हेल्थ सेक्युरिटी एजेन्सीको अध्ययन अनुसार बेलायतमा तीन हाइब्रिड कोभिड भेरियन्टहरू पत्ता लागेको छ। जसमा एक्सइ बाहेक, डेल्टा भेरियन्ट र एक्सडी र एक्सएफ भेरियन्टहरू बीए.१ पनि समाबेश छन्। तर, कोभिड एक्सई भेरियन्टबाट सबैभन्दा बढी नयाँ केसहरू देखिएका छन्। तर, संगठनले कोरोनाको यो नयाँ प्रजातिको गम्भीरताबारे अनुसन्धान गरिरहेको छ ।

विज्ञहरूका अनुसार कोभिडको नयाँ भेरियन्टका लक्षणहरू बिरामीको खोपको स्तर र रोग प्रतिरोधात्मक क्षमतामा निर्भर हुन सक्छन्। जुन हल्का देखि गम्भीर सम्म हुन सक्छ। यद्यपि, अझै पनि यी विशेषताहरू एक्सइ भेरियन्टसँग बढी सम्बन्धित देखिन्छन्। स्वास्थ्य विशेषज्ञहरूले एक्सइ भेरियन्टका १० लक्षणहरूमा ध्यान सुझाएका छन्। जस्तै-

  • ज्वरो,
  • घाँटी दुख्ने,
  • घाँटीमा खसखस,
  • खोकी,
  • चिसो लाग्ने,
  • छाला पोल्ने,
  • छालाको रङ परिवर्तन,
  • पेट दुखाइ,
  • धड्कनको घटबढ,
  • र, मुटु रोग।

-एजेन्सी


क्याटेगोरी : विश्व



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ