२०८१ जेठ ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठविश्वश्वासबाट ३ मिनेटमै नतिजा दिने कोभिड परीक्षणलाई अमेरिकाले दियो अनुमति

श्वासबाट ३ मिनेटमै नतिजा दिने कोभिड परीक्षणलाई अमेरिकाले दियो अनुमति


अमेरिकामा मात्र ३ मिनेटमा श्वासको मध्यमबाट कोभिड-१९ संक्रमण पुष्टि गर्न सक्ने परीक्षण विधिलाई आपतकालीन अनुमति मिलेको छ। फूड एण्ड ड्रग एडमिनिस्ट्रेशन (एफडीए)ले अनुमति दिएको यो विश्वको पहिलो उपकरण हो जसको प्रयोगबाट कोभिड छिटो पत्ता लाग्न सक्छ।

बढ्दो कोरोना संकटको बीचमा यसलाई ठूलो सफलताको रुपमा हेरिएको छ । यसबाट कोरोनाको सहज र शुद्धताका साथ अनुसन्धान गर्न सकिने वैज्ञानिकहरुको दावी छ ।

एफडीएद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘इन्स्पेक्टयिर कोभिड-१९ ब्रेथलाइजर’ नामको यो यन्त्रले कोभिड-१९ संक्रमणको पुष्टि गर्न मद्दत गर्न सक्छ। यन्त्रले ग्यास क्रोमाटोग्राफी ग्यास मास-स्पेक्ट्रोमेट्रीनामक प्रविधि प्रयोग गर्दछ, जसले श्वासमा SARS-CoV-2 भाइरससँग सम्बन्धित वाष्पशील जैविक यौगिकहरू र संक्रामक एजेन्टहरू सजिलै पत्ता लगाउन मद्दत गर्दछ।’

यसको प्रयोग गरेमा परम्परागत आरटी-पिसिआर परीक्षण जस्तै नाक-मुख स्वाबको आवश्यकता पर्दैन।

यस परीक्षण उपकरणको गुणस्तर जाँच गर्न २ हजार ४ सय ९ जना सहभागीहरूमा अध्ययन गरिएको थियो। परीक्षणमा संक्रमण पत्ता लगाउन ९१ प्रतिशतसम्म प्रभावकारी रहेको पाइएको छ । यो यन्त्रको प्रयोगबाट मानिसमा हुने संक्रमणलाई समयमै सजिलै पत्ता लगाउन मद्दत गर्न र रोगले गम्भीर रूप लिनुअघि नै समात्न सकिने वैज्ञानिकहरू बताउँछन्।

एफडीएको सेन्टर फर डिभाइस एण्ड रेडियोलोजिकल हेल्थका निर्देशक डा. जेफ शुरेन भन्छन्, ‘यो यन्त्र विश्वव्यापी रूपमा बढ्दो कोरोनाका केसहरू बीचमा वरदान साबित हुन सक्छ। यसको संक्रमण पत्ता लगाउने शुद्धता र नकारात्मक रिपोर्ट पत्ता लगाउने प्रविधिले यसलाई खास बनाउँछ।’

यो यन्त्र प्रयोग गरेर प्रति महिना लगभग६४ हजार नमूना परीक्षणहरूमा वृद्धि हुने अपेक्षा गरिएको उनको भनाइ छ। विश्वव्यापी स्तरमा यसको उपलब्धता धेरै मापदण्डहरूको अधीनमा छ, हाल यसलाई केही स्थानहरूमा प्रयोगको लागि आपतकालीन स्वीकृति दिइएको छ।


क्याटेगोरी : विश्व



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ