गृहपृष्ठ ∕ समाचार ∕ स्वाब थन्किएपछि सुदूरपश्चिम प्रदेशमा नमूना संकलन कार्य स्थगित स्वाब थन्किएपछि सुदूरपश्चिम प्रदेशमा नमूना संकलन कार्य स्थगित हेल्थ आवाज शुक्रबार, २०७७ जेठ २३ गते, १९:१४ मा प्रकाशित धनगढी—सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस (कोभिड—१९) संक्रमणको आशंका गरिएका र मिल्दोजुल्दो लक्षण देखिएका व्यक्तिहरुको थ्रोट स्वाबको नमूना संकलन कार्य स्थगित गरिएको छ । धनगढीमा रहेको प्रदेशको एक मात्रै कोरोना परीक्षण प्रयोगशालामा यसअघि संकलन गरिएका थ्रोट स्वाबको नमूनाकै परीक्षण गर्न बाँकी रहेकोले कम्तीमा पाँच दिनसम्मका लागि थ्रोट स्वाबको नमूना संकलन कार्य स्थगित गर्नु परेको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीले जानकारी दिए । प्रयोगशालाको क्षमताभन्दा बढी नमूना आएपछि पाँच दिनसम्मका लागि नमूना संकलन कार्य रोक्न स्वास्थ्य निर्देशनालयले शुक्रबार प्रदेशभरका सबै स्वास्थ्य कार्यालयलाई परिपत्र गरेको उनको बताए । स्वास्थ्य निर्देशक डा. अवस्थीका अनुसार धनगढीमा रहेको कोरोना परीक्षण प्रयोगशालामा दैनिक २ सय ५० जनासम्मको स्वाब परीक्षण गर्न सक्ने क्षमता रहेपनि अहिले प्रदेश भरबाट संकलित एक हजार भन्दा बढी व्यक्तिहरुको थ्रोट स्वाबको नमूना परीक्षण गर्न बाँकी रहेको छ । विभिन्न स्थानीय तहहरुले भिटिएम खरिद गरी शंकास्पद व्यक्तिहरुको थ्रोट स्वाबको नमुना संकलन गरेर प्रयोगशालामा पठाउने गरेका छन् । क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नर्सहरुका माग तत्काल सम्बोधन गर्न दाहालको आग्रह स्तन क्यान्सर सर्भाइभरहरुको अनुभव—समयमै थाहा पाएमा क्यान्सरलाई जित्न सकिन्छ निजी अस्पतालका स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक लागू गर्न माग गर्दै कोशीका… निजी स्वास्थ्य क्षेत्रलाई शान्तिपूर्वक निर्वाध सेवा सुचारु गर्ने सुनिश्चितता माग सुत्केरीको मृत्युपछि किष्ट अस्पताल तनावग्रस्त, बिरामीका आफन्तले ढुंगामुढा गरेपछि प्रहरीद्वारा… त्रिवि शिक्षण अस्पतालमा घाइतेको अवस्था बुझ्न पुगिन् स्वास्थ्यमन्त्री धेरै पढिएका १ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार २ नेपाल मानसिक स्वास्थ्य संस्थानमा नयाँ नेतृत्व ३ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन ४ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ५ १ कात्तिकबाट नर्भिकले स्नातक गरेका नर्सलाई ३७ हजार रुपैयाँ* तलब दिने ६ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला ७ नर्ससहितका स्वास्थ्यकर्मीहरुको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न समिति गठन Kalpana Craft ट्रेण्डिङ स्तन क्यान्सर सर्भाइभरहरुको अनुभव—समयमै थाहा पाएमा क्यान्सरलाई जित्न सकिन्छ नर्सहरुका माग तत्काल सम्बोधन गर्न दाहालको आग्रह मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार कैलालीका निजी स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरु आन्दोलित २० देखि ३५ वर्ष उमेर समूहकाले मात्रै वीर्य र अण्ड दान गर्न पाइने निजी स्वास्थ्य क्षेत्रलाई शान्तिपूर्वक निर्वाध सेवा सुचारु गर्ने सुनिश्चितता माग मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री सुत्केरीको मृत्युपछि किष्ट अस्पताल तनावग्रस्त, बिरामीका आफन्तले ढुंगामुढा गरेपछि प्रहरीद्वारा लाठी चार्ज स्तन क्यान्सर सर्भाइभरहरुको अनुभव—समयमै थाहा पाएमा क्यान्सरलाई जित्न सकिन्छ नर्सहरुका माग तत्काल सम्बोधन गर्न दाहालको आग्रह मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार कैलालीका निजी स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरु आन्दोलित २० देखि ३५ वर्ष उमेर समूहकाले मात्रै वीर्य र अण्ड दान गर्न पाइने निजी स्वास्थ्य क्षेत्रलाई शान्तिपूर्वक निर्वाध सेवा सुचारु गर्ने सुनिश्चितता माग मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री सुत्केरीको मृत्युपछि किष्ट अस्पताल तनावग्रस्त, बिरामीका आफन्तले ढुंगामुढा गरेपछि प्रहरीद्वारा लाठी चार्ज