गृहपृष्ठ ∕ समाचार ∕ स्वाब थन्किएपछि सुदूरपश्चिम प्रदेशमा नमूना संकलन कार्य स्थगित स्वाब थन्किएपछि सुदूरपश्चिम प्रदेशमा नमूना संकलन कार्य स्थगित हेल्थ आवाज शुक्रबार, २०७७ जेठ २३ गते, १९:१४ मा प्रकाशित धनगढी—सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस (कोभिड—१९) संक्रमणको आशंका गरिएका र मिल्दोजुल्दो लक्षण देखिएका व्यक्तिहरुको थ्रोट स्वाबको नमूना संकलन कार्य स्थगित गरिएको छ । धनगढीमा रहेको प्रदेशको एक मात्रै कोरोना परीक्षण प्रयोगशालामा यसअघि संकलन गरिएका थ्रोट स्वाबको नमूनाकै परीक्षण गर्न बाँकी रहेकोले कम्तीमा पाँच दिनसम्मका लागि थ्रोट स्वाबको नमूना संकलन कार्य स्थगित गर्नु परेको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीले जानकारी दिए । प्रयोगशालाको क्षमताभन्दा बढी नमूना आएपछि पाँच दिनसम्मका लागि नमूना संकलन कार्य रोक्न स्वास्थ्य निर्देशनालयले शुक्रबार प्रदेशभरका सबै स्वास्थ्य कार्यालयलाई परिपत्र गरेको उनको बताए । स्वास्थ्य निर्देशक डा. अवस्थीका अनुसार धनगढीमा रहेको कोरोना परीक्षण प्रयोगशालामा दैनिक २ सय ५० जनासम्मको स्वाब परीक्षण गर्न सक्ने क्षमता रहेपनि अहिले प्रदेश भरबाट संकलित एक हजार भन्दा बढी व्यक्तिहरुको थ्रोट स्वाबको नमूना परीक्षण गर्न बाँकी रहेको छ । विभिन्न स्थानीय तहहरुले भिटिएम खरिद गरी शंकास्पद व्यक्तिहरुको थ्रोट स्वाबको नमुना संकलन गरेर प्रयोगशालामा पठाउने गरेका छन् । क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार भाडा नपाएको भन्दैं श्री हस्पिटलमा घरधनीले लगाए ताला एक सातामा मात्रै ३५ जनालाई कोभिड-१९ संक्रमण, ७१ जना डेंगीका… भारतसँग स्वास्थ्यमा सहकार्यः उपचारमा सहुलियतदेखि आयुर्वेद स्वास्थ्यकर्मीको क्षमता वृद्धिसम्म मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल निजी मेडिकल कलेजका प्रयोगशाला ठेक्कामा, मापदण्ड विपरित ठेक्कामा दिएको खुलासा एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान व्यवस्था गर्न बनेको विधेयक खारेज गर्न… धेरै पढिएका १ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन २ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ३ निजी मेडिकल कलेजका प्रयोगशाला ठेक्कामा, मापदण्ड विपरित ठेक्कामा दिएको खुलासा ४ क्लिनिक वानमा रेबिज खोपको तालिम सम्पन्न ५ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला ६ मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री ७ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार Kalpana Craft ट्रेण्डिङ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार भाडा नपाएको भन्दैं श्री हस्पिटलमा घरधनीले लगाए ताला दुर्गममा जनस्वास्थ्य समस्या : पहुँच कि चेतना ? मेडिकल अंकोलोजिस्ट एण्ड हेमाटोलोजिष्ट डा. प्रकाश, जो नेपाली क्यान्सर बिरामीको सेवामा समर्पित हुन चाहन्छन् मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार भाडा नपाएको भन्दैं श्री हस्पिटलमा घरधनीले लगाए ताला दुर्गममा जनस्वास्थ्य समस्या : पहुँच कि चेतना ? मेडिकल अंकोलोजिस्ट एण्ड हेमाटोलोजिष्ट डा. प्रकाश, जो नेपाली क्यान्सर बिरामीको सेवामा समर्पित हुन चाहन्छन्