२०८३ कात्तिक १, शनिबार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ सन् २०२१ मा सुदूरपश्चिम प्रदेशलाई नमुना स्वास्थ्य प्रदेश घोषणा गर्ने लक्ष्य

सन् २०२१ मा सुदूरपश्चिम प्रदेशलाई नमुना स्वास्थ्य प्रदेश घोषणा गर्ने लक्ष्य


धनगढी—सुदूरपश्चिम प्रदेशलाई सन् २०२१ मा नमुना स्वास्थ्य प्रदेश घोषणा गर्ने लक्ष्य रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ । नमुना स्वास्थ्य प्रदेश घोषणा गर्न स्वास्थ्यका सुचकांकहरु शतप्रतिशत नै पुर्‍याउने लक्ष्य रहेको छ ।

स्वास्थ्य निर्देशनालयले स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मीको उपलब्धता, स्वास्थ्य संस्थामा औषधिको उपलब्धता, खोप पाएका बच्चाहरु, गर्भवती जाँच गराएका महिलाहरु र संस्थागत सुत्केरी शतप्रतिशत नै पुर्‍याउने लक्ष्य रहेको छ ।

त्यस्तै, धुम्रपानमुक्त कार्यालय, सफा पानी र चर्पीको उपलब्धता, धुवाँरहित चुलोको प्रयोग, क्षयरोग, मलेरिया कुष्ठरोग निवारण गरिने स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

सुदूरपश्चिम प्रदेशमा नमुना स्वास्थ्य प्रदेश घोषणा गर्न बालविबाह शुन्य, कुपोषित बच्चाहरु शुन्य र परीवार नियोजन सेवा पाएका दम्पति ६० प्रतिशत पुर्‍याउने लक्ष्य रहेको छ ।

सुदूरपश्चिम प्रदेशमा अहिले बिसिजी खोपको कभरेज ८० प्रतिशत रहेको छ भने नेपालमा ८६ प्रतिशत रहेको छ । प्रदेशका ९ वटै जिल्लाहरु पूर्ण खोप जिल्ला घोषणा भइसकेका छन् । प्रदेश ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रम सुरु गर्ने पहिलो प्रदेश हो ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ