२०८२ असार १९, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारवीर अस्पतालमा सबै किसिमका बिरामीको उपचार सुचारू

वीर अस्पतालमा सबै किसिमका बिरामीको उपचार सुचारू


काठमाडौं—चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालले सबै किसिमका स्वास्थ्य सेवा सुचारू गरेको छ । कोभिड—१९ को महामारी सुरु भएसँगै कोभिड संक्रमितको मात्र उपचार हुँदै आएको वीर अस्पतालमा बुधवारबाट सबै खालका बिरामीको उपचार सुचारू गरिएको हो ।

अस्पतालका निर्देशक डा. केदार सेन्चुरीद्वारा जारी गरिएको सूचनामा कोभिड—१९ का बिरामीको उपचार सँगसँगै अन्य सामान्य तथा विशेषज्ञ सेवाहरु साविक बमोजिम नै सुरु भएको उल्लेख गरिएको छ ।

झण्डै ६ महिनादेखि कोभिडका बिरामी मात्र उपचार भएको सो अस्पतालमा उपचारमा संलग्न स्वास्थ्यकर्मीले भत्ता नपाएको भन्दै एक महिना अन्दोलन चलेको थियो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ