गृहपृष्ठ ∕ बाग्मती प्रदेश ∕ स्वास्थ्य स्वयमसेविकालाई मोबाइल सेट वितरण स्वास्थ्य स्वयमसेविकालाई मोबाइल सेट वितरण हेल्थ आवाज बिहीबार, २०७७ पुस १६ गते, १२:५७ मा प्रकाशित – जीवन लामा दोलखा – महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई स्वास्थ्य सम्बन्धि जानकारी र सेवा गर्न सजिलोको लागि मोबाइल सेट वितरण गरिएको छ । गौरीशंकर गाउँपालिका वडा नं. ५ सुरीले २१ जना महिला स्वयमसेविकाहरुलाई मोबाइल सेट वितरण गरिएको हो । विभिन्न स्वास्थ्य सम्बन्धि कार्य गर्दा सूचना आदनप्रदानमा सहजता ल्याउनको लागि प्रत्येक महिला स्वयमसेविकाहरुलाई एक-एक सेट मोबाइल सेट वितरण गरिएको हो । महिला स्वास्थ्य स्वयमसेविकाले स्वास्थ्य क्षेत्रमा अहोरात्र योगदान पुर्याउदै आएको र अझ थप स्वास्थ्य क्षेत्रमा सेवा गर्न सहज होस भन्ने उद्देश्यले वडा कार्यालयकोतर्फबाट वितरण गरिएको वडाअध्यक्ष डिल्लीध्वज बस्नेतले जानकारी दिए । महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई जाडोको मौसममा गर्भवती महिलाहरुको घरमा पुग्नुपर्ने भएकाले न्यानोको लागि एक-एक थान पछ्यौरा पनि वितरण गरिएको छ । वडामा रहेका २१ जनामध्ये उत्कृष्ट एक जना महिला स्वयमसेविका लक्ष्मी खड्कालाई सम्मान गरिएको छ । सम्मानित महिला लक्ष्मी खड्कालाई गुन्यूचोलोले सम्मान भएको हो । कोभिड-१९ को समयमा महिला स्वास्थ्य स्वयमसेविकाहरुले स्वास्थ्य सम्बन्धि सूचना प्रवाह र स्वास्थ्य ज्ञान प्रदान गरेको हुनाले महत्वपूर्ण भूमिका रहेको गाउँपालिकाका अध्यक्ष सोयम बहादुर खड्काले बताए। क्याटेगोरी : बाग्मती प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार दोलखा अस्पतालद्वारा गर्भवती तथा सुत्केरी महिलाको उपचारमा छुट्टै भवन किशोरीहरुको पहिलो महिनावारी उत्सव दोलखामा आँखाका बिरामीले पाए सहुलियतमा शल्यक्रिया सेवा दोलखामा क्यान्सर पीडितको संख्या दुई वर्षदेखि स्थिर ब्रहमाकुमारी राजयोग सेवा केन्द्रद्वारा रक्तदान दोरम्बाका स्थानीयलाई एभरेष्ट अस्पतालमा ३७ प्रतिशतसम्म छुट धेरै पढिएका १ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार २ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन ३ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न ४ एउटा अनुभव: जुन मैले कहिल्यै गर्न चाहिनँ ५ मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री ६ टर्कीको प्रतिष्ठित अस्पतालमा काम गरेर फर्किएका चिकित्सकले अनमीव हेल्थमा कार्डियोलोजी सेवा दिदैं ७ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले Kalpana Craft ट्रेण्डिङ २४०० बढी औषधीको कानुन विपरित मुल्यवृद्धि : अख्तियारदेखि प्रधानमन्त्री कार्यालयसम्म उजुरीका चाङ कसरी गर्ने छालाको हेरचाह ? दोलखा अस्पतालद्वारा गर्भवती तथा सुत्केरी महिलाको उपचारमा छुट्टै भवन कोशीमा दीर्घकालीन रोग व्यवस्थापन सम्बन्धी अध्ययन हुँदैं मण्डुकासन आसनका फाइदा र सावधानी स्टार हस्पिटल लिमिटेड र विभिन्न १० संघ संस्थाबीच स्वास्थ्य उपचार सम्बन्धि सम्झौता पूर्व स्वास्थ्य सचिव डा. सुधा शर्मालाई स्वास्थ्यमन्त्री बनाउने तयारी अनुसन्धानमा डिडिएका स्थायी अधिकृतहरु डराएपछि करारका अधिकृतलाई जिम्मा २४०० बढी औषधीको कानुन विपरित मुल्यवृद्धि : अख्तियारदेखि प्रधानमन्त्री कार्यालयसम्म उजुरीका चाङ कसरी गर्ने छालाको हेरचाह ? दोलखा अस्पतालद्वारा गर्भवती तथा सुत्केरी महिलाको उपचारमा छुट्टै भवन कोशीमा दीर्घकालीन रोग व्यवस्थापन सम्बन्धी अध्ययन हुँदैं मण्डुकासन आसनका फाइदा र सावधानी स्टार हस्पिटल लिमिटेड र विभिन्न १० संघ संस्थाबीच स्वास्थ्य उपचार सम्बन्धि सम्झौता पूर्व स्वास्थ्य सचिव डा. सुधा शर्मालाई स्वास्थ्यमन्त्री बनाउने तयारी अनुसन्धानमा डिडिएका स्थायी अधिकृतहरु डराएपछि करारका अधिकृतलाई जिम्मा