गृहपृष्ठ ∕ बाग्मती प्रदेश ∕ स्वास्थ्य स्वयमसेविकालाई मोबाइल सेट वितरण स्वास्थ्य स्वयमसेविकालाई मोबाइल सेट वितरण हेल्थ आवाज बिहीबार, २०७७ पुस १६ गते, १२:५७ मा प्रकाशित – जीवन लामा दोलखा – महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई स्वास्थ्य सम्बन्धि जानकारी र सेवा गर्न सजिलोको लागि मोबाइल सेट वितरण गरिएको छ । गौरीशंकर गाउँपालिका वडा नं. ५ सुरीले २१ जना महिला स्वयमसेविकाहरुलाई मोबाइल सेट वितरण गरिएको हो । विभिन्न स्वास्थ्य सम्बन्धि कार्य गर्दा सूचना आदनप्रदानमा सहजता ल्याउनको लागि प्रत्येक महिला स्वयमसेविकाहरुलाई एक-एक सेट मोबाइल सेट वितरण गरिएको हो । महिला स्वास्थ्य स्वयमसेविकाले स्वास्थ्य क्षेत्रमा अहोरात्र योगदान पुर्याउदै आएको र अझ थप स्वास्थ्य क्षेत्रमा सेवा गर्न सहज होस भन्ने उद्देश्यले वडा कार्यालयकोतर्फबाट वितरण गरिएको वडाअध्यक्ष डिल्लीध्वज बस्नेतले जानकारी दिए । महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई जाडोको मौसममा गर्भवती महिलाहरुको घरमा पुग्नुपर्ने भएकाले न्यानोको लागि एक-एक थान पछ्यौरा पनि वितरण गरिएको छ । वडामा रहेका २१ जनामध्ये उत्कृष्ट एक जना महिला स्वयमसेविका लक्ष्मी खड्कालाई सम्मान गरिएको छ । सम्मानित महिला लक्ष्मी खड्कालाई गुन्यूचोलोले सम्मान भएको हो । कोभिड-१९ को समयमा महिला स्वास्थ्य स्वयमसेविकाहरुले स्वास्थ्य सम्बन्धि सूचना प्रवाह र स्वास्थ्य ज्ञान प्रदान गरेको हुनाले महत्वपूर्ण भूमिका रहेको गाउँपालिकाका अध्यक्ष सोयम बहादुर खड्काले बताए। क्याटेगोरी : बाग्मती प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार पशुपति चौलागाई स्मृति अस्पतालमा जनशक्तिको अभावका कारण सेवा विस्तारमा समस्या जनसंख्या बढाउन भीमेश्वरको नयाँ अभियानः ढिलो विवाह गर्नेलाई एक लाखसम्म… १७ थान मोबाइलसहित चितवनमा २९ वर्षीय डाक्टर पक्राउ बागमती प्रदेशले माग्यो पाँचौ तहका २४८ जना विद्यालय नर्स जेष्ठ नागरिकहरूका लागि वरदान बन्दैं सामुदायिक स्वास्थ्य इकाई भूकम्पपछि शैलुङमा बदलिएको दृश्यः स्वास्थ्य क्षेत्रमा आमूल सुधार, सरुवा रोग… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन ४ नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त ५ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ६ नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी निर्देशक उमेश ढकाल पक्राउ ७ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा TFN ट्रेण्डिङ औषधि व्यवस्था विभागको महानिर्देशकमा भरत भट्टराई चौतर्फी दबाबपछि १४ दिनमा खुले विराटनगरका आँखा अस्पताल सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री ब्रह्माकुमारी र न्यूरो अस्पतालबीच स्वास्थ्य सेवामा सहकार्य, सदस्यलाई सहुलियतमा उपचार पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा डा. महर्जन, रजिष्ट्रारमा डा. शाही डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४० सुधारका पहल बालकको श्वासनलीमा अड्किएको इमलीको दाना नर्भिकमा निकालियो नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन औषधि व्यवस्था विभागको महानिर्देशकमा भरत भट्टराई चौतर्फी दबाबपछि १४ दिनमा खुले विराटनगरका आँखा अस्पताल सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री ब्रह्माकुमारी र न्यूरो अस्पतालबीच स्वास्थ्य सेवामा सहकार्य, सदस्यलाई सहुलियतमा उपचार पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा डा. महर्जन, रजिष्ट्रारमा डा. शाही डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४० सुधारका पहल बालकको श्वासनलीमा अड्किएको इमलीको दाना नर्भिकमा निकालियो नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन