गृहपृष्ठ ∕ बाग्मती प्रदेश ∕ स्वास्थ्य स्वयमसेविकालाई मोबाइल सेट वितरण स्वास्थ्य स्वयमसेविकालाई मोबाइल सेट वितरण हेल्थ आवाज बिहीबार, २०७७ पुस १६ गते, १२:५७ मा प्रकाशित – जीवन लामा दोलखा – महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई स्वास्थ्य सम्बन्धि जानकारी र सेवा गर्न सजिलोको लागि मोबाइल सेट वितरण गरिएको छ । गौरीशंकर गाउँपालिका वडा नं. ५ सुरीले २१ जना महिला स्वयमसेविकाहरुलाई मोबाइल सेट वितरण गरिएको हो । विभिन्न स्वास्थ्य सम्बन्धि कार्य गर्दा सूचना आदनप्रदानमा सहजता ल्याउनको लागि प्रत्येक महिला स्वयमसेविकाहरुलाई एक-एक सेट मोबाइल सेट वितरण गरिएको हो । महिला स्वास्थ्य स्वयमसेविकाले स्वास्थ्य क्षेत्रमा अहोरात्र योगदान पुर्याउदै आएको र अझ थप स्वास्थ्य क्षेत्रमा सेवा गर्न सहज होस भन्ने उद्देश्यले वडा कार्यालयकोतर्फबाट वितरण गरिएको वडाअध्यक्ष डिल्लीध्वज बस्नेतले जानकारी दिए । महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई जाडोको मौसममा गर्भवती महिलाहरुको घरमा पुग्नुपर्ने भएकाले न्यानोको लागि एक-एक थान पछ्यौरा पनि वितरण गरिएको छ । वडामा रहेका २१ जनामध्ये उत्कृष्ट एक जना महिला स्वयमसेविका लक्ष्मी खड्कालाई सम्मान गरिएको छ । सम्मानित महिला लक्ष्मी खड्कालाई गुन्यूचोलोले सम्मान भएको हो । कोभिड-१९ को समयमा महिला स्वास्थ्य स्वयमसेविकाहरुले स्वास्थ्य सम्बन्धि सूचना प्रवाह र स्वास्थ्य ज्ञान प्रदान गरेको हुनाले महत्वपूर्ण भूमिका रहेको गाउँपालिकाका अध्यक्ष सोयम बहादुर खड्काले बताए। क्याटेगोरी : बाग्मती प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार गौरीशंकरमा निःशुल्क मोतिविन्दु छनोट शिविर क्षयरोग दिवसको अवसरमा बिरामीलाई फलफूल वितरण छौडेमा निःशुल्क आँखा शिविर दलित परिवारमा एकै घरका तीन जना भाइबहिनी डाक्टर निःशुल्क महिला तथा बाल स्वास्थ्य शिविर मेथिनकोट अस्पतालमा शल्यक्रिया सेवा सुरु धेरै पढिएका १ बेनी अस्पताल हाँकिरहेकी युवा गाइनोकोलोजिष्ट डा. अञ्जु २ बीएस्सी नर्सिङकी इन्ट्रान्स टपर श्रद्धा ३ केन्द्रीय कारागारमा नसर्ने र मानसिक रोग रोकथाम सम्बन्धी कार्यक्रम ४ नेपालमा दोस्रो पटक मनाइयो अकुपञ्चर दिवस ५ दलित परिवारमा एकै घरका तीन जना भाइबहिनी डाक्टर ६ शिक्षा मन्त्रीको झोकले चिकित्सा शिक्षा आयोग र सिटीइभिटीबीच लडाइ ७ मुटु रोगका १२ प्रमुख लक्षणहरू ट्रेण्डिङ बेनी अस्पताल हाँकिरहेकी युवा गाइनोकोलोजिष्ट डा. अञ्जु रेफर गरिएकी सुत्केरीको चितवनमा मृत्यु भएपछि लमजुङ अस्पतालमा तनाव बीएस्सी नर्सिङकी इन्ट्रान्स टपर श्रद्धा दलित परिवारमा एकै घरका तीन जना भाइबहिनी डाक्टर कोशी अस्पतालमा बेथिती : नाम तोकेर डाक्टर नै पठाउँछन् दोब्बर शुल्क असुल्ने डाइग्नोष्टिक सेन्टरमा बिरामी आम्दा अस्पतालको उजुरी प्रहरीले दर्ता गर्न नमानेपछि चिकित्सक प्रहरी कार्यलय अगाडि धर्नामा चीनमा तीब्र फैलिरहेको निमोनियादेखि विश्व त्रसित ! जाडोमा शरीरलाई स्वस्थ राख्ने योगासन बेनी अस्पताल हाँकिरहेकी युवा गाइनोकोलोजिष्ट डा. अञ्जु रेफर गरिएकी सुत्केरीको चितवनमा मृत्यु भएपछि लमजुङ अस्पतालमा तनाव बीएस्सी नर्सिङकी इन्ट्रान्स टपर श्रद्धा दलित परिवारमा एकै घरका तीन जना भाइबहिनी डाक्टर कोशी अस्पतालमा बेथिती : नाम तोकेर डाक्टर नै पठाउँछन् दोब्बर शुल्क असुल्ने डाइग्नोष्टिक सेन्टरमा बिरामी आम्दा अस्पतालको उजुरी प्रहरीले दर्ता गर्न नमानेपछि चिकित्सक प्रहरी कार्यलय अगाडि धर्नामा चीनमा तीब्र फैलिरहेको निमोनियादेखि विश्व त्रसित ! जाडोमा शरीरलाई स्वस्थ राख्ने योगासन