२०८३ असोज २९, बिहीबार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ औषधिको कालोबजारी बढेको भन्दै औषधि व्यबस्था विभागको ध्यानाकर्षण

औषधिको कालोबजारी बढेको भन्दै औषधि व्यबस्था विभागको ध्यानाकर्षण


काठमाडौं– औषधिको कालोबजारी बढेको भन्दै औषधि व्यवस्था विभागलाई ध्यानाकर्षण गराइएको छ । विभागमा दर्ता भएका औषधिहरु लामो समयदेखि अभाव भइरहेको र यसमा कालोबजारी भएको भन्दै नेपाल औषधि व्यवसायी संघ मोरङले विभागको ध्यानाकर्षण गराएको हो ।

विभागमा दर्ता भएका मानव जीवन बचाउन आवश्यक पर्ने औषधिहरु लामो समयदेखि अभाव भइरहेको सहज आपुर्ति गराउन माग गरेको ध्यानाकर्षण पत्रमा उल्लेख छ । त्यस्तै, औषधि व्यवस्था विभागमै दर्ता नभएका तर भारतसँग खुला सिमानाका कारण नेपालमा प्रतिवन्धित औषधिहरु सहज रुपले बिक्री वितरण तथा तस्करी भइरहेको हुँदा औषधि व्यवसायलाई मर्यादित र व्यवस्थित बनाउन औषधि व्यवस्था विभागको ध्यानाकर्षण गराएको छ ।

संघले पोषणयुक्त खाद्यान्न बनाउने (न्युट्रासिटिकल) सामाग्री ठूला आयतकर्ताले ल्याउँदा केही नगर्ने तर साना औषधि पसलेलाई कारवाही गर्ने सरकारको दोहोरो चरित्र भएको जनाएको छ । संघका मोरङ उपाध्यक्ष तथा प्रवक्ता देशबन्धु ढकालले भारतसँग जोडिएका प्रदेश १ का जिल्लाहरुमा प्रतिवन्धित औषधि सहज रुपमा भित्रिएर विक्री वितरण भइरहेको हुँदा त्यसलाई कि त नियमनमा ल्याउनुपर्ने या त कारवाही गर्न सक्नु पर्ने बताए । उनले औषधिको तस्करीमा औषधि र भरिया फेला पारे तापनि व्यक्ति र गिरोह पक्राउ नपर्नुले कानुनी तवरबाट व्यवसाय गरिरहेका व्यवसायी मर्कामा परेको बताए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ