गृहपृष्ठ ∕ समाचार ∕ औषधिको कालोबजारी बढेको भन्दै औषधि व्यबस्था विभागको ध्यानाकर्षण औषधिको कालोबजारी बढेको भन्दै औषधि व्यबस्था विभागको ध्यानाकर्षण हेल्थ आवाज बिहीबार, २०७७ माघ ८ गते, ११:१९ मा प्रकाशित काठमाडौं– औषधिको कालोबजारी बढेको भन्दै औषधि व्यवस्था विभागलाई ध्यानाकर्षण गराइएको छ । विभागमा दर्ता भएका औषधिहरु लामो समयदेखि अभाव भइरहेको र यसमा कालोबजारी भएको भन्दै नेपाल औषधि व्यवसायी संघ मोरङले विभागको ध्यानाकर्षण गराएको हो । विभागमा दर्ता भएका मानव जीवन बचाउन आवश्यक पर्ने औषधिहरु लामो समयदेखि अभाव भइरहेको सहज आपुर्ति गराउन माग गरेको ध्यानाकर्षण पत्रमा उल्लेख छ । त्यस्तै, औषधि व्यवस्था विभागमै दर्ता नभएका तर भारतसँग खुला सिमानाका कारण नेपालमा प्रतिवन्धित औषधिहरु सहज रुपले बिक्री वितरण तथा तस्करी भइरहेको हुँदा औषधि व्यवसायलाई मर्यादित र व्यवस्थित बनाउन औषधि व्यवस्था विभागको ध्यानाकर्षण गराएको छ । संघले पोषणयुक्त खाद्यान्न बनाउने (न्युट्रासिटिकल) सामाग्री ठूला आयतकर्ताले ल्याउँदा केही नगर्ने तर साना औषधि पसलेलाई कारवाही गर्ने सरकारको दोहोरो चरित्र भएको जनाएको छ । संघका मोरङ उपाध्यक्ष तथा प्रवक्ता देशबन्धु ढकालले भारतसँग जोडिएका प्रदेश १ का जिल्लाहरुमा प्रतिवन्धित औषधि सहज रुपमा भित्रिएर विक्री वितरण भइरहेको हुँदा त्यसलाई कि त नियमनमा ल्याउनुपर्ने या त कारवाही गर्न सक्नु पर्ने बताए । उनले औषधिको तस्करीमा औषधि र भरिया फेला पारे तापनि व्यक्ति र गिरोह पक्राउ नपर्नुले कानुनी तवरबाट व्यवसाय गरिरहेका व्यवसायी मर्कामा परेको बताए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार एक सातामा मात्रै ३५ जनालाई कोभिड-१९ संक्रमण, ७१ जना डेंगीका… भारतसँग स्वास्थ्यमा सहकार्यः उपचारमा सहुलियतदेखि आयुर्वेद स्वास्थ्यकर्मीको क्षमता वृद्धिसम्म मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल निजी मेडिकल कलेजका प्रयोगशाला ठेक्कामा, मापदण्ड विपरित ठेक्कामा दिएको खुलासा एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान व्यवस्था गर्न बनेको विधेयक खारेज गर्न… स्वास्थ्यमन्त्री प्रदीप पौडेल वीर अस्पताल भर्ना धेरै पढिएका १ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन २ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ३ निजी मेडिकल कलेजका प्रयोगशाला ठेक्कामा, मापदण्ड विपरित ठेक्कामा दिएको खुलासा ४ क्लिनिक वानमा रेबिज खोपको तालिम सम्पन्न ५ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला ६ मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री ७ सिंजा जुम्लाको पहिलो पोषणमैत्री पालिका घोषणा Kalpana Craft ट्रेण्डिङ जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला मेडिकल अंकोलोजिस्ट एण्ड हेमाटोलोजिष्ट डा. प्रकाश, जो नेपाली क्यान्सर बिरामीको सेवामा समर्पित हुन चाहन्छन् निजी मेडिकल कलेजका प्रयोगशाला ठेक्कामा, मापदण्ड विपरित ठेक्कामा दिएको खुलासा तीन दशकमा नर्भिक अस्पतालबाट २५ लाखभन्दा बढीले लिए सेवा बालबालिकाको छाती घ्यार–घ्यार किन हुन्छ ? यसबाट कसरी जोगाउने ? किन आउँछ पसिना ? पसिना नआउनुको कारण के हो ? कुष्ठरोग के हो ? यसका लक्षण के हुन्, कसरी गर्न सकिन्छ उपचार ? जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला मेडिकल अंकोलोजिस्ट एण्ड हेमाटोलोजिष्ट डा. प्रकाश, जो नेपाली क्यान्सर बिरामीको सेवामा समर्पित हुन चाहन्छन् निजी मेडिकल कलेजका प्रयोगशाला ठेक्कामा, मापदण्ड विपरित ठेक्कामा दिएको खुलासा तीन दशकमा नर्भिक अस्पतालबाट २५ लाखभन्दा बढीले लिए सेवा बालबालिकाको छाती घ्यार–घ्यार किन हुन्छ ? यसबाट कसरी जोगाउने ? किन आउँछ पसिना ? पसिना नआउनुको कारण के हो ? कुष्ठरोग के हो ? यसका लक्षण के हुन्, कसरी गर्न सकिन्छ उपचार ?