गृहपृष्ठ ∕ समाचार ∕ औषधिको कालोबजारी बढेको भन्दै औषधि व्यबस्था विभागको ध्यानाकर्षण औषधिको कालोबजारी बढेको भन्दै औषधि व्यबस्था विभागको ध्यानाकर्षण हेल्थ आवाज बिहीबार, २०७७ माघ ८ गते, ११:१९ मा प्रकाशित काठमाडौं– औषधिको कालोबजारी बढेको भन्दै औषधि व्यवस्था विभागलाई ध्यानाकर्षण गराइएको छ । विभागमा दर्ता भएका औषधिहरु लामो समयदेखि अभाव भइरहेको र यसमा कालोबजारी भएको भन्दै नेपाल औषधि व्यवसायी संघ मोरङले विभागको ध्यानाकर्षण गराएको हो । विभागमा दर्ता भएका मानव जीवन बचाउन आवश्यक पर्ने औषधिहरु लामो समयदेखि अभाव भइरहेको सहज आपुर्ति गराउन माग गरेको ध्यानाकर्षण पत्रमा उल्लेख छ । त्यस्तै, औषधि व्यवस्था विभागमै दर्ता नभएका तर भारतसँग खुला सिमानाका कारण नेपालमा प्रतिवन्धित औषधिहरु सहज रुपले बिक्री वितरण तथा तस्करी भइरहेको हुँदा औषधि व्यवसायलाई मर्यादित र व्यवस्थित बनाउन औषधि व्यवस्था विभागको ध्यानाकर्षण गराएको छ । संघले पोषणयुक्त खाद्यान्न बनाउने (न्युट्रासिटिकल) सामाग्री ठूला आयतकर्ताले ल्याउँदा केही नगर्ने तर साना औषधि पसलेलाई कारवाही गर्ने सरकारको दोहोरो चरित्र भएको जनाएको छ । संघका मोरङ उपाध्यक्ष तथा प्रवक्ता देशबन्धु ढकालले भारतसँग जोडिएका प्रदेश १ का जिल्लाहरुमा प्रतिवन्धित औषधि सहज रुपमा भित्रिएर विक्री वितरण भइरहेको हुँदा त्यसलाई कि त नियमनमा ल्याउनुपर्ने या त कारवाही गर्न सक्नु पर्ने बताए । उनले औषधिको तस्करीमा औषधि र भरिया फेला पारे तापनि व्यक्ति र गिरोह पक्राउ नपर्नुले कानुनी तवरबाट व्यवसाय गरिरहेका व्यवसायी मर्कामा परेको बताए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार इम्युनोसप्रेसन्ट समूहका औषधिबारे औषधि व्यवस्था विभागको निर्णयले ‘तरंग’ सर्पदंशमा धामी झाँक्रीको भर पर्दा ज्यान गुमाउँदै बिरामी, समयमै अस्पताल… मानसिक स्वास्थ्य सम्बन्धी ऐन निर्माणको काम अघि बढाउँछौं : स्वास्थ्यमन्त्री सल्यानमा स्क्रब टाइफसबाट संक्रमित हुनेको संख्या झण्डै सात सय पुग्यो शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल… प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित धेरै पढिएका १ शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह २ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ३ नेपालको स्वास्थ्य क्षेत्रमा एआई: अब बहस होइन, तयारीको समय ४ जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा ५ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ६ ‘शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्यलाई पनि प्राथमिकता दिनुपर्छ’ ७ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं TFN ट्रेण्डिङ के अण्डाको सेवनले गर्छ मुटुको स्वास्थ्यमा हानी ? सेती अंचल अस्पतालमा जन्मिनेबित्तिकै मर्ने शिशुको संख्या उच्च मधुमेहको नयाँ औषधि, के अब इन्सुलिनबाट पनि बिरामीले राहत पाउँछन् ? प्रदेश अस्पताल दमौलीमा कार्यरत डा. श्वेता बस्नेतमाथि हातपातको प्रयास रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? नेपाल-अमेरिका मेडिकल फाउन्डेसनद्वारा ९ वटा अस्पतालमा ५० थान भेन्टिलेटर सहयोग रुपन्देहीमा एकैदिन तीन जना कोरोना संक्रमितको मृत्यु दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली के अण्डाको सेवनले गर्छ मुटुको स्वास्थ्यमा हानी ? सेती अंचल अस्पतालमा जन्मिनेबित्तिकै मर्ने शिशुको संख्या उच्च मधुमेहको नयाँ औषधि, के अब इन्सुलिनबाट पनि बिरामीले राहत पाउँछन् ? प्रदेश अस्पताल दमौलीमा कार्यरत डा. श्वेता बस्नेतमाथि हातपातको प्रयास रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? नेपाल-अमेरिका मेडिकल फाउन्डेसनद्वारा ९ वटा अस्पतालमा ५० थान भेन्टिलेटर सहयोग रुपन्देहीमा एकैदिन तीन जना कोरोना संक्रमितको मृत्यु दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली