गृहपृष्ठ ∕ बाग्मती प्रदेश ∕ पर्यटकलाई लक्षित गरी कालिञ्चोकमा स्वास्थ्य शिविर पर्यटकलाई लक्षित गरी कालिञ्चोकमा स्वास्थ्य शिविर जीवन लामा सोमबार, २०७७ माघ २६ गते, १२:३५ मा प्रकाशित दोलखा – तारादल गण दोलखाले पर्यटकीय तथा धार्मिकस्थल कालिञ्चोक भगवती मन्दिर दर्शनको लागि आएका भक्तजन तथा पर्यटकहरुलाई लक्षित गरी स्वास्थ्य शिविर सञ्चालन गरेको छ । उच्चभूभागमा ज्येष्ठ नागरिक तथा दीर्घरोगीहरुको स्वास्थ्य अवस्था बुझ्नको लागि दोलखाले स्वास्थ्य शिविर सञ्चालन गरेको हो । कालिञ्चोक क्षेत्रमा शुक्रबारदेखि व्यापक हिमपात भैरहेको छ । हिमपात भएसँगै काठमाडौँ तथा तराईका विभिन्न जिल्लाबाट आन्तरिक पर्यटकहरु हिउँ खेल्न कालिञ्चोक पुग्ने गर्दछन् । ३७४२ मिटरको उच्च ठाउँमा पुग्दा लेक लाग्ने र पर्यटकहरुलाई समस्या हुने भएको हुँदा सहज गराउने उद्देश्यले स्वास्थ्य शिविर राखिएको क्याप्टेन रोशन बस्नेतले जानकारी दिए। तारादल गण दोलखा र चरिकोट अस्पतालसँगको सहकार्यमा पर्यटकहरुलाई लक्षित गर्दै स्वास्थ्य शिविर सञ्चालन भएको थियो । कालिञ्चोक भगवती मन्दिर नजिक रहेको कुरी बजारमा तारादल गणबाट अधिकृतको कमाण्डमा उक्त स्वास्थ्य शिविरबाट हाई अल्टिच्यूट एक्वाईट माउण्टेन सिकनेस लागेका ६० जना बिरामीहरुलाई निशुल्क स्वास्थ्य सेवा उपलब्ध गराएको हो । दोलखाको उच्च क्षेत्रमा केहीदिन देखिको मौसम परिवर्तनसँगै परेको हिमपात र पर्यटकीय क्षेत्रमा पर्यटकहरुको चापलाई मध्येनजर राखि स्वास्थ्य शिविर सञ्चालन गरिएको तारादल गणले जनाएको छ । क्याटेगोरी : बाग्मती प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार जेष्ठ नागरिकहरूका लागि वरदान बन्दैं सामुदायिक स्वास्थ्य इकाई भूकम्पपछि शैलुङमा बदलिएको दृश्यः स्वास्थ्य क्षेत्रमा आमूल सुधार, सरुवा रोग… इन्द्र डेण्टल क्लिनिकको शाखा काठमाडौंमा विस्तार प्रेमसागर कर्माचार्य गरे १८५ औं पटक रक्तदान ८ करोड लागतमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक प्रशासनिक… बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव धेरै पढिएका १ धूम्रपान त्याग अभियानमा नयाँ आशा : ‘निवार-भेरिनिकलाइन’ नेपाली बजारमा २ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ३ अख्तियारको पत्रपछि स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न स्वास्थ्य संस्थासँग कर्मचारी विवरण माग ४ ६ वटै स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति छनोट प्रक्रिया सुरु ५ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ६ ३ अर्ब ८२ करोड लगानीमा अञ्चलपुरमा २०० शय्याको लुम्बिनी क्यान्सर अस्पताल बन्दै ७ मेघाको मेगा प्रोजेक्टः साढे ३ अर्ब लगानीमा ‘नर्भिक एकीकृत क्यान्सर उपचार संस्थान’ TFN ट्रेण्डिङ ३ अर्ब ८२ करोड लगानीमा अञ्चलपुरमा २०० शय्याको लुम्बिनी क्यान्सर अस्पताल बन्दै ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ मोदीकी फ्यान डाक्टर पाकिस्तानको चुनावी मैदानमा, जो ‘बुनेरकी छोरी’का रुपमा चर्चित छन् धूम्रपान त्याग अभियानमा नयाँ आशा : ‘निवार-भेरिनिकलाइन’ नेपाली बजारमा 'बालबालिकालाई दृष्टिदोषबाट जोगाउन मोबाइलबाट टाढा र खुला ठाउँमा रमाउन दिऔँ' यस्ता हुन्छन् मुटु रोगका प्रमुख १२ लक्षण कोशीको नीति तथा कार्यक्रम : शैलजा आचार्य अस्पतालमा डायलाइसिस र प्रसूति सेवा विस्तार गरिने ३ अर्ब ८२ करोड लगानीमा अञ्चलपुरमा २०० शय्याको लुम्बिनी क्यान्सर अस्पताल बन्दै ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ मोदीकी फ्यान डाक्टर पाकिस्तानको चुनावी मैदानमा, जो ‘बुनेरकी छोरी’का रुपमा चर्चित छन् धूम्रपान त्याग अभियानमा नयाँ आशा : ‘निवार-भेरिनिकलाइन’ नेपाली बजारमा 'बालबालिकालाई दृष्टिदोषबाट जोगाउन मोबाइलबाट टाढा र खुला ठाउँमा रमाउन दिऔँ' यस्ता हुन्छन् मुटु रोगका प्रमुख १२ लक्षण कोशीको नीति तथा कार्यक्रम : शैलजा आचार्य अस्पतालमा डायलाइसिस र प्रसूति सेवा विस्तार गरिने