गृहपृष्ठ ∕ बाग्मती प्रदेश ∕ पर्यटकलाई लक्षित गरी कालिञ्चोकमा स्वास्थ्य शिविर पर्यटकलाई लक्षित गरी कालिञ्चोकमा स्वास्थ्य शिविर जीवन लामा सोमबार, २०७७ माघ २६ गते, १२:३५ मा प्रकाशित दोलखा – तारादल गण दोलखाले पर्यटकीय तथा धार्मिकस्थल कालिञ्चोक भगवती मन्दिर दर्शनको लागि आएका भक्तजन तथा पर्यटकहरुलाई लक्षित गरी स्वास्थ्य शिविर सञ्चालन गरेको छ । उच्चभूभागमा ज्येष्ठ नागरिक तथा दीर्घरोगीहरुको स्वास्थ्य अवस्था बुझ्नको लागि दोलखाले स्वास्थ्य शिविर सञ्चालन गरेको हो । कालिञ्चोक क्षेत्रमा शुक्रबारदेखि व्यापक हिमपात भैरहेको छ । हिमपात भएसँगै काठमाडौँ तथा तराईका विभिन्न जिल्लाबाट आन्तरिक पर्यटकहरु हिउँ खेल्न कालिञ्चोक पुग्ने गर्दछन् । ३७४२ मिटरको उच्च ठाउँमा पुग्दा लेक लाग्ने र पर्यटकहरुलाई समस्या हुने भएको हुँदा सहज गराउने उद्देश्यले स्वास्थ्य शिविर राखिएको क्याप्टेन रोशन बस्नेतले जानकारी दिए। तारादल गण दोलखा र चरिकोट अस्पतालसँगको सहकार्यमा पर्यटकहरुलाई लक्षित गर्दै स्वास्थ्य शिविर सञ्चालन भएको थियो । कालिञ्चोक भगवती मन्दिर नजिक रहेको कुरी बजारमा तारादल गणबाट अधिकृतको कमाण्डमा उक्त स्वास्थ्य शिविरबाट हाई अल्टिच्यूट एक्वाईट माउण्टेन सिकनेस लागेका ६० जना बिरामीहरुलाई निशुल्क स्वास्थ्य सेवा उपलब्ध गराएको हो । दोलखाको उच्च क्षेत्रमा केहीदिन देखिको मौसम परिवर्तनसँगै परेको हिमपात र पर्यटकीय क्षेत्रमा पर्यटकहरुको चापलाई मध्येनजर राखि स्वास्थ्य शिविर सञ्चालन गरिएको तारादल गणले जनाएको छ । क्याटेगोरी : बाग्मती प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मरिण अस्पतालको पहिलो वार्षिकोत्सव सम्पन्न, नयाँ सेवा सुरु भीमेश्वर नगरपालिकाको बजेटमा स्वास्थ्य उच्च प्राथमिकता पशुपति चौलागाई अस्पतालमा विपद् व्यवस्थापनको लागि मक ड्रिल अभ्यास तीन सन्तानलाई डाक्टर बनाएका बुबा धनबहादुर दर्जी सम्मानित दोलखाका ८ पालिका पूर्ण खोप सुनिश्चितता वैतेश्वरमा निःशुल्क आँखा शिविर सुरु, ८० भन्दा बढीको आँखा परीक्षण धेरै पढिएका १ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन २ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ३ निजी मेडिकल कलेजका प्रयोगशाला ठेक्कामा, मापदण्ड विपरित ठेक्कामा दिएको खुलासा ४ सिंजा जुम्लाको पहिलो पोषणमैत्री पालिका घोषणा ५ क्लिनिक वानमा रेबिज खोपको तालिम सम्पन्न ६ मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री ७ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला Kalpana Craft ट्रेण्डिङ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले मरिण अस्पतालको पहिलो वार्षिकोत्सव सम्पन्न, नयाँ सेवा सुरु फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु क्लिनिक वानमा रेबिज खोपको तालिम सम्पन्न जिल्ला अस्पताल सल्यानबाट पेट तथा मुटु सम्बन्धी विशेष सेवा सुरू मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले मरिण अस्पतालको पहिलो वार्षिकोत्सव सम्पन्न, नयाँ सेवा सुरु फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु क्लिनिक वानमा रेबिज खोपको तालिम सम्पन्न जिल्ला अस्पताल सल्यानबाट पेट तथा मुटु सम्बन्धी विशेष सेवा सुरू मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री