२०८३ असोज २५, आईतबार
Health Aawaj logo
गृहपृष्ठ ∕ प्रदेश २ ∕ सिरहामा १० दिन थपियो निषेधाज्ञा, ३१ जेष्ठसम्म कायम रहने

सिरहामा १० दिन थपियो निषेधाज्ञा, ३१ जेष्ठसम्म कायम रहने


धनुषा—सिरहमा जेष्ठ मसान्तसम्मलाई निषेधाज्ञा थप गरिएको छ । जिल्ला कोभिड—१९ संकट व्यवस्थापन समिति (डिसीसीएमसी) सिरहाको बैठकले संक्रमणको जोखिम अझै कायमै रहेकाले २१ जेष्ठ राति १२ बजेदेखि ३१ जेठ १२ बजेसम्म १० दिनको लागि निषेधाज्ञा थप गरेको हो ।

स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ अनुसार र संक्रामक रोग ऐन २०२० को दफा २ बमोजिम जिल्ला भरी निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले वताए ।

डीसीसीएमसी सिरहाले गत बैशाख ३१ गतेदेखि जेष्ठ २१ गते सम्मको लागि निषेधाज्ञा जारी गरेको थियो ।


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ